PahiloPost

Apr 4, 2026 | २१ चैत्र २०८२

दुई दशकपछि मोरोक्को विश्वकपमा, ट्युनिसिया पनि छनोट, आइभरीकोष्ट बाहिरियो



पहिलोपोस्ट

दुई दशकपछि मोरोक्को विश्वकपमा, ट्युनिसिया पनि छनोट, आइभरीकोष्ट बाहिरियो

मोरोक्को सन् १९९८ पछि पहिलो पटक विश्वकप फुटबलमा छनोट भएको छ। अफ्रिकी छनोट अन्तर्गत समूह डी'को अन्तिम खेलमा आइभरीकोष्टलाई २-० ले हराउँदै मोरोक्को अर्को वर्ष रुसमा हुने विश्वकपका लागि छानिएको हो।

मोरोक्कोका लागि नवि दिरार र मेहदी बेनाटियाले १-१ गोल गरे। यता हारपछि आइभरीकोष्ट भने विश्वकप खेल्नबाट बन्चित भएको छ। मोरोक्कोले समूह सी'मा अपराजित रहदै १२ अंक जोड्दा आइभरीकोष्टले भने ८ अंक मात्र जोड्न सक्यो।

यस्तै ट्युनिसिया समूह एु'को विजेता बन्दै विश्वकपमा छनोट भएको हो। अन्तिम खेलमा लिबियासँग गोलरहित बराबरीमा रोकिए पनि ६ खेलबाट अपराजित रहदै १४ अंक जोडेको ट्युनिसिया डिआर कंगोलाई १ अंकले पछि पार्दै समूह विजेता बनेको हो।

मोरोक्को र ट्युनिसिया छनोट भएपछि अफ्रिकाबाट विश्वकप खेल्ने ५ वटै टिमको छिनोफानो भएको छ। यसअघि नै नाइजेरिया, इजिप्ट र सेनेगल छनोट भइसकेका छन्।

सन् २०१८ मा रसियामा हुने विश्वकप फुटबलका लागि अहिलेसम्म कूल २६ टोली छनोट भइसकेका छन्। अब युरोपियन प्लेअफबाट ४ र अन्तरमहादेशीय प्लेअफबाट २ गरी ६ टोली छनोट हुन बाँकी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell