
काठमाडौं: एसीसी यू-१९ युथ एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले आज भारतसँग खेल्दैछ। भारतले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ गर्दैछ।
नेपाल पहिलो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भएको थियो भने भारतले मलेसियालाई हराएको थियो।
नेपाली टोलीमा आज एक खेलाडी परिवर्तन भएका छन्। विकेटकिपर ब्याट्सम्यान प्रकाश केसीको स्थानमा अलराउण्डर पवन सराफलाई टोलीमा राखिएको छ।
प्रकाश टोलीमा नपरेपछि नेपालको विकेटकिपङ आसिफ शेखले सम्हाल्नेछन्।