PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

एम्बुलेन्स र मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु



पहिलोपोस्ट

एम्बुलेन्स र मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु

जितपुर: एम्बुलेन्स र मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ।

प्यूठानबाट भैरहवा जाँदै गरेको रा१च ६५५ नंको एम्बुलेन्स र विपरीत दिशाबाट आउँदै गरेको लु३०प ५२५३ नंको मोटरसाइकल शुद्धोधन गाउँपालिका–६ तितिरियामा शनिबार साँझ उछिन्ने क्रममा एकापसमा ठोक्किँदा मोटरसाइकल चालक रुपन्देही जिल्ला कोटिवामायी गाउँपालिका–५ बस्ने २३ वर्षीय रोहित यादवको मृत्यु भएको हो।

एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका यादवको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको इप्रका पकडीका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए। एम्बुलेन्सलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell