PahiloPost

Jun 24, 2026 | १० असार २०८३

अफगानिस्तानमा सुरक्षा कारबाहीमा तालिवान कमान्डरसहित ३५ जनाको मृत्यु



पहिलोपोस्ट

अफगानिस्तानमा सुरक्षा कारबाहीमा तालिवान कमान्डरसहित ३५ जनाको मृत्यु

अफगानिस्तान: अफगानिस्तानको पूर्वमा रहेको कपिसा प्रान्तमा सरकारी सुरक्षाकर्मीले गरेको कारबाहीमा एक जना प्रभावशाली कमान्डरसहित ३५ तालिवानी लडाकूको मृत्युभएको सेनाले जनाएको छ।

पूर्वी क्षेत्रका सैनिक प्रवक्ता शिर अका फकिरीले शनिबार दिएको जानकारी अनुसार कपिसाको तगाव जिल्लामा तालिवानले आश्रयस्थल बनाउँदै आएको क्षेत्रमा स्थल तथा हवाई आक्रमण गरी उनीहरूको गढ भत्काइएको थियो।

“कारबाहीमा उक्त क्षेत्रका प्रभावशाली तालिवान कमान्डर कारी एहसनुल्लासहित ३५ जना लडाकूको मृत्यु भएको छ,” फकिरीले भने।

यस कारबाहीमा भएको तालिवानी समूहतर्फको क्षतिबारे तालिवानी पक्षबाट कुनै प्रतिक्रिया आएको छैन। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell