PahiloPost

Jun 24, 2026 | १० असार २०८३

उम्मेदवारमाथि बढ्यो सुरक्षा थ्रेट, आयोगले सुरक्षा प्रमुखलाई छलफलमा बोलायो



पहिलोपोस्ट

उम्मेदवारमाथि बढ्यो सुरक्षा थ्रेट, आयोगले सुरक्षा प्रमुखलाई छलफलमा बोलायो

काठमाडौँः चुनावी सुरक्षामा थ्रेट बढेसँगै निर्वाचन आयोगले उम्मेदवार र मतदाताको सुरक्षाका विषयमा छलफल गर्न सुरक्षा निकायका प्रमुखसँग छलफल गर्ने भएको छ। 

आयोगले दिउँसो १ बजे चारवटै सुरक्षा निकायका प्रमुख/प्रतिनिधि तथा गृह मन्त्रालयको सुरक्षा महाशाखासँग परामर्श गर्न लागेको हो। आयोग प्रवक्ता नवराज ढकालले दिउँसो १ बजे सुरक्षा निकाय प्रमुखसँग छलफल गर्न लागेको जानकारी दिए। 

केही दिनअघि सिन्धुपाल्चोकमा उम्मेदवारलाई सुरक्षा थ्रेट आएको जानकारीमा आएको थियो। यस्तै, शुक्रबार माओवादी केन्द्रका उम्मेदवार तथा विना विभागीय मन्त्री जनार्दन शर्माको गाडीलाई लक्षित गरी बम प्रहार भएको थियो। 

शनिबार नै माओवादी केन्द्रकै रोल्पाका उम्मेदवार वर्षमान पुनको गाडीलाई लक्षित गरी माइन बिस्फोट गराइएको थियो। घटनाप्रति वाम गठबन्धनका शीर्ष नेताहरुले निर्वाचन आयोग र सरकारको ध्यानाकर्षण गराएका थिए।

उम्मेदवारमाथि सुरक्षा थ्रेट बढेसँगै आयोगले सुरक्षा स्थितीबारे जानकारी लिन सुरक्षा प्रमुखलाई छलफलका लागि बोलाएको हो।
  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell