PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

एमाले माओवादी एकताः चुनावअघि कति सम्भव? तीन विषयमा भइरहेको छ छलफल



पहिलोपोस्ट

एमाले माओवादी एकताः चुनावअघि कति सम्भव? तीन विषयमा भइरहेको छ छलफल

काठमाडौँः ‘सरप्राइज’का रुपमा भएको वाम तालमेलबाट आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा अपेक्षित नजिता आउन नसक्ने विश्लेषण भएपछि वाम गठबन्धनका दुई घटक एमाले र माओवादी केन्द्रले पार्टी एकीकरणको छलफललाई तीव्रता दिएका छन्। तर, अासन्न चुनावअघि एकीकरणको सम्भावना भने निकै कम छ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकीकरण छलफललाई तीव्रतासाथ अघि बढाएका छन्। एकता संयोजन समितिमा पनि एकीकरणबारे सैदान्तिक छलफल भए पनि निश्कर्ष निस्किएको छैन। 

‘पहिलो चरणको निर्वाचनअघि एकीकरण घोषण गरेर जाँदा नतिजा अपेक्षित आउने विश्लेषण भएको। यही अनुसार एकता छलफल बाक्लिएको हो’ एकता संयोजन समितिका एक सदस्यले भने ‘तर, प्रचारमा आएजस्तो यही मितिमा एकता घोषणा भएर जान्छ भन्ने गरी निश्कर्षमा पुगिएको छैन।’

पहिलो चरणको चुनावअघि नै एकता हुने सम्भावना  निकै कम रहेको ती सदस्यले बताए। तर, एकताको छलफल भने संयोजन समितिमा निरन्तर जारी छ।

संयोजन समितिमा पनि पछिल्लो चरणमा एकता छलफल बाक्लिए पनि तीन विषयलाई कसरी सम्वोधन गर्ने भन्ने बहस जारी छ। राजनीतिक विषयलाई एकता महाधिवेशनले टुंगाउने गरी पनि संयोजन समितिमा छलफल भइरहेको स्रोतको दाबी छ। 

पहिलो –जनयुद्धलाई कसरी परिभाषित गर्ने भन्नेमा सैदान्तिक छलफल जारी छ। यसअघि संयुक्त घोषणापत्र तयारीमा पनि उक्त विषयमा विवाद भएपछि ‘नेपाली जनताले विगत ७० वर्षदेखि अनेकौँ शान्तिपूर्ण जनआन्दोलन र सशस्त्र संघर्षहरु’ भन्ने शव्दावली राखिएको थियो । एकीकरणमा जाँदा राजनीतिक घोषणापत्रमा उक्त शव्दावलीको सम्वोधन फेरि पेचिलो बनेको हो।

दोस्रो –हाल निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूची। पार्टी एकीकरण भए जाँदा समानुपातिक सूचीलाई कसरी मिलाउने भन्ने बहस पनि संयोजन समितिमा छलफलकै विषय छ।

तेस्रो –नेतृत्वको व्यवस्थापन कसरी गर्ने।

मतदानको कार्यक्रम सुरु नुहँदै पार्टी एकीकरण गरेर अघि बढे मनोवैज्ञानिक प्रभाव समेत पर्ने गठबन्धनको बुझाइ छ।

पार्टी एकीकरण समेतको लक्ष्य लिएर बनेको गठबन्धनले एकता संयोजन समिति सक्रिय बनाएको थियो। समितिमा एमाले अध्यक्ष ओली वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल पनि समितिमा छन्। उपाध्यक्ष बामदेव गौतम र महासचिव ईश्वर पोखरेल पनि संयोजन समितिमा छन्। 

माओवादीका तर्फबाट अध्यक्ष प्रचण्डसहित नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा एकता संयोजन समितिमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell