PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

पर्यटनमन्त्री देवलाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण



पहिलोपोस्ट

पर्यटनमन्त्री देवलाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण

काठमाडौँः निर्वाचन आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र नारायण देवसहित तीनजनालाई २४ घण्टे स्पष्टीकरण मागेको छ। 

सार्वजनिक सञ्चारमाध्यममा आएका समाचारका आधारमा आयोगले मन्त्री देव, कांग्रेस सप्तरीका सभापति एवं सप्तरी ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार दिनेशकुमार यादव र सप्तरीको खुरहुरियास्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यनारायण यादवलाई २४ घण्टे स्पष्टीकरण माग गरेको हो ।

मन्त्री देवले निर्वाचन आचारसंहिता विपरीत सरकारी सवारी साधनको दुरुपयोग गरी पार्टीको चुनावी सभामा सहभागी भएको भन्दै स्पष्टीकरण सोधेको हो। 

यस्तै, उम्मेदवार यादवलाई सार्वजनिक विद्यालय परिसरमा चुनावी सभा तथा भोजभतेरको आयोजना गरेर आचारसंहिता विपरीत काम गरेको भन्दै स्पष्टीकरण माग गरेको हो। 

सप्तरीको खुरहुरियास्थित जनता माध्यमिक विद्यालयका प्रधानध्यापक सूर्यनारायण यादवलाई सार्वजनिक विद्यालय परिसरमा चुनावी सभा तथा भोजभतेरको आयोजना गर्न दिएको भन्दै स्पष्टीकरण मागेको हो ।

उनीहरुलाई निर्वाचन आचारसंहिता उल्लङ्घनमा तपाईँलाई कारबाही किन नहुनु पर्ने हो? पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्नु भनी निर्देशन दिइएको आयोगद्धारा जारी विज्ञप्तिमा उल्लेख छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell