PahiloPost

Jun 24, 2026 | १० असार २०८३

टोलबासीको रिसको भुङ्ग्रोमा प्रहरीः सात राउण्ड हवाइ फायर



पहिलोपोस्ट

टोलबासीको रिसको भुङ्ग्रोमा प्रहरीः सात राउण्ड हवाइ फायर

काठमाडौ :  मकवानपुरको नेवारपानीमा स्थानीयबासीबीच भएको विवाद नियन्त्रणमा लिन प्रहरीले सात राउण्ड हवाइ फायर गरेको छ। 

शनिवार राति नेवारपानीका बासिन्दा हाँडिखोलामा वनभोज खाएर फर्किने क्रममा मनोहरागाँउपालिका ३ को राई टोलका बासिन्दाले  हर्न बजाएको भन्दै विवाद गरेका थिए।

गाडी चालकलाई हातपात गरेपछि विवाद मिलाउने क्रममा प्रहरीले नेवारपानीका बासिन्दालाई साथ दिएको भन्दै राइटोलबासी प्रहरीमाथि जाइलागेका थिए। 

दुर्इ पक्षबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन सात राउण्ड हवाइ फायर गर्नु परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell