PahiloPost

Apr 4, 2026 | २१ चैत्र २०८२

मुलुकको अस्तित्व जोगाउन लोकतन्त्रवादीको जित आवश्यकः प्रधानमन्त्री



पहिलोपोस्ट

मुलुकको अस्तित्व जोगाउन लोकतन्त्रवादीको जित आवश्यकः प्रधानमन्त्री

सोलुखुम्बु : प्रधानमन्त्री शेरबहादुर देउवाले पासाङल्हामु शेर्पालाई आफू सरकार प्रमुख हुँदा राष्ट्रिय विभूति घोषणा गरी शेर्पा समुदायको सम्मान गरेको बताएका छन्। 

आज बिहान सोलुखुम्बुको लुक्लामा आयोजित कांग्रेस कार्यकर्ता भेटघाटमा प्रधानमन्त्री देउवाले पासाङल्हामु शेर्पालाई राष्ट्रिय विभूति बनाएर शेर्पा समुदायको कदर गरेको भन्दै कांग्रेस सधैं शेर्पा समुदायको साथमा रहेको बताए।

उनले योपटकको चुनावमा पनि अन्य कुनै पार्टीले प्रत्यक्षतर्फ शेर्पालाई चुनावमा नउठाएको दाबी गर्दै कांग्रेसले नै प्रदेशसभाको प्रत्यक्षतर्फ आङ्गेलु शेर्पालाई उम्मेदवार बनाएको बताए। देउवाले मुलुकको अस्तित्व जोगाउन लोकतन्त्रवादीको जित आवश्यक रहेको बताए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell