PahiloPost

Apr 4, 2026 | २१ चैत्र २०८२

एसीसी यू-१९ एसिया कप : नेपालद्वारा भारतसामु १८६ रनको लक्ष्य



पहिलोपोस्ट

एसीसी यू-१९ एसिया कप : नेपालद्वारा भारतसामु १८६ रनको लक्ष्य

काठमाडौं: दीपेन्द्र सिंह ऐरीले कप्तानी इनिङ्स खेलेपछि नेपालले एसीसी यू-१९ युथ एसिया कप क्रिकेटको दोस्रो खेलमा भारतलाई १८६ रनको लक्ष्य दिएको छ।

बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १८५  रन बनाएको हो।

नेपालका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ८८ रन बनाए। १०१ बल खेलेका ऐरीले ६ चौका र २ छक्का प्रहार गरे।  एक छेउबाट निरन्तर विकेट झरिरहेको अवस्थामा दीपेन्द्रले अर्को छेउबाट नेपालको इनिङ्स उकासेका थिए।

यस्तै ओपनर जितेन्द्र सिंहले ३६ तथा भिम शार्कीले १५ रन जोडे भने बाँकी खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। सन्दीप लामिछाने ९, किशोर महतो ७ रनमा नटआउट रहे।

भारतका आदित्य थकारे र अभिषेक शर्माले २-२ विकेट लिए।

समूह ए मा नेपाल पहिलो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भएको थियो भने भारतले मलेसियालाई हराएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell