PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

दुई राप्रपाले कञ्चनपुरमा नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने



पहिलोपोस्ट

दुई राप्रपाले कञ्चनपुरमा नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने

भीमदत्तनगर :   आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) कञ्चनपुरले नेपाली कांग्रेसका प्रत्यक्षतर्फका उम्मेदवारलाई सहयोग गर्ने घोषणा गरेका छन्। 

तीन दलले संयुक्त पत्रकार सम्मेलन गरी कञ्चनपुरमा नेपाली कांग्रेससहित तीन राजनीतिक शक्तिबीच चुनावी एकता भएको उद्घोष गरेका हुन्। राप्रपाका नेताहरुले प्रत्यक्षतर्फका कञ्चनपुर कांग्रेसका तीन वटै प्रतिनिधिसभा सदस्य र छ वटै प्रदेशसभाका सदस्यलाई सहयोग गर्ने बताएका छन्। 

‘हामी वडास्तरसम्म संयुक्त समन्वय समिति गठन गरेर चुनावीसभादेखि घरदैलोसम्म गर्छौं।’ राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष पूर्णबहादुर चन्दले भने, ‘जिल्लामा निर्वाचन परिचालन समितिसमेत बन्नेछ।’

पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नारायणप्रकाश साउदले दुई राप्रपाको सहयोग निर्णायक हुने विश्वास व्यक्त गरे।

उनले वाम गठबन्धनले कञ्चनपुरमा उम्मेदवार छनोटमा यहाँका थारु समुदायलाई उपेक्षा गरेको भन्दै कांग्रेसले सबै पक्षलाई समेटेर उम्मेदवारी दिएको बताए। 

त्यसैगरी नेपाली कांग्रेसका अर्का केन्द्रीय सदस्य रमेश लेखकले निर्वाचनअघि नै मुलुकमा चुनावी तालमेल भएर नयाँ अभ्यास सुरु भएको बताए। उनले संविधान कार्यान्वयन नहुँदै वाम गठबन्धनले संविधान परिवर्तन गर्न खोजिरहेको आरोप लगाए।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell