PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

हस्तक्षेपका आरोपहरु ‘हाँस्यास्पद’ : पुटिन



पहिलोपोस्ट

हस्तक्षेपका आरोपहरु ‘हाँस्यास्पद’ : पुटिन
फोटो श्रोतः norwaytoday

हनोइ : रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रसियाको हस्तक्षेप रहेको भनी अमेरिकी वृत्तमा लगाइने गरेको आरोपको पुनः खण्डन गर्दै आरोप आधारहीन रहेको बताएका छन्। 

रसियाली राष्ट्रपति पुटिन शनिबार भियतनाममा भएको एसिया प्रशान्त क्षेत्रस्तरीय शिखर सम्मेलनको शिलशिलामा अमेरिकी राष्ट्रपति ट्रम्पसँग भएको भेटमा निर्वाचनमा हस्तक्षेपको आरोपले आफूलाई अपमानित भएको महसुस गरेको बताएका ट्रम्पले बताए। 

पुटिनले हस्तक्षेपका आरोपहरुलाई ‘हाँस्यास्पद’ भनी टिप्पणी गरेका बताइएको छ। न्याय मन्त्रालयले ट्रम्पको टोलीमाथि लागेको साँठगाँठको आरोपसहितका दाबीहरुमाथि छानबिन गरिरहेको छ। 

छानबिनका क्रममा धेरै पूर्व प्रमुख सहयोगीहरुको नाम पनि तानिएको छ। सम्मेलनका क्रममा पुटिनसँग ’दुई’ वा ’तीन’ पटक संक्षिप्त कुराकानी भएको ट्रम्पले बताए। 

आफूहरूबीच सिरियामा जारी युद्धको विषयमा छलफल भएको र यस विषयमा सैन्य समाधान उपयुक्त नभएको तर इश्लामिक आतङ्कवादी जिहादी समूह (आइएसआइएस) लाई परास्त गर्ने विषयमा एकमत भएको ट्रम्पको भनाइ थियो। रासस/एपी

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell