PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

गायक सत्यराज आचार्यको नायक लुक्स 'साढे सात'को पहिलो म्युजिक भिडियोमा



पहिलोपोस्ट

गायक सत्यराज आचार्यको नायक लुक्स 'साढे सात'को पहिलो म्युजिक भिडियोमा

काठमाडौं : फिल्म 'साढे सात'को पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक सत्यराज आचार्यको मुख्य भूमिका रहेको फिल्मको भिडियोमा उनी स्वयंम् र अभिनेत्री सुप्रिया कट्वालको फिचरिङ रहेको छ। ‘गज्जब हुनेछ’ बोलको गीत भिडियो युट्युबमार्फत रिलिज भएको हो।

सार्वजनिक गीतमा किरण गजमेरको स्वर रहेको छ भने अमृत खतिवडाको शब्द तथा गायक तथा अभिनेता सत्यराज आचार्यको संगीत रहेको छ। 

फिल्ममा सत्यराज आचार्य र सुप्रिया कट्वालकोसँगै मेनुका प्रधान, सुनिल थापा, कामेश्वर चोरासिया पनि मुख्य अभिनय रहेको छ। फिल्मलाई सत्यराज आचार्य, स्वरुपराज आचार्य, सुनिल थापा, साम्तेन भुटिया, नरेशदेव पन्त र डिजे सन्तोषले संयुक्त लगानीमा निर्माण गरेको हो। फिल्ममा पटकथा र सम्पादन निर्देशकसमेत रहेका साम्तेन भुटियाको रहेको छ। यो फिल्मीलाई अनिश तामाङले खिचेका हुन्। संगीत भने सत्य स्वरुपले दिएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell