PahiloPost

Jun 24, 2026 | १० असार २०८३

'भैरवी'का लागि कलाकारदेखि निर्देशकसम्म 'बुक्ड'



पहिलोपोस्ट

'भैरवी'का लागि कलाकारदेखि निर्देशकसम्म 'बुक्ड'

काठमाडौं: अभिनेता प्रदिप खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मीट्ठ शाह एकसाथ पर्दामा देखिने भएका छन्। फिल्म 'भैरवी'मा यी दुईले काम गर्ने निश्चित भएको हो।

फिल्मलाई दिनेश राउतले निर्देशन गर्नेछन्। 'तर भैरवी २०७४ मा बन्ने फिल्म भने होइन। यसअघि मेरो अर्को प्रोजेक्ट छ जुन १ महिनामा घोषणा हुन्छ', राउतले जानकारी दिए। निर्देशक मात्र नभएर अभिनेत्री साम्राज्ञी र अभिनेता प्रदिपको पनि यो वर्षका लागि भैरवी अघि अन्य प्रोजेक्ट लाइनमा छन्। साम्राज्ञीले आर्यन सिग्देलको फिल्म 'कायरामा' काम गर्दैछिन् भने प्रदिपको 'दिपेन्द्र सरकार', 'लिलिबिली' लगायत फिल्ममा काम गर्ने तय भैसकेको छ।

यस हिसाबमा फिल्मका लागि कलाकार र निर्देशक बुक्ड भैसके पनि भैरवी युनिट वर्ष २०७५ को बैशाख अन्तिम साता मात्र फ्लोरमा निस्कने निश्चित छ। निर्देशक रहने दिनेश राउतका अनुसार साम्राज्ञीले भैरवीका लागि मौखिक सहमती गरे पनि कागजी सहमती भने भएको छैन।

फिल्मलाई ‘कृ’ निर्माता सुवास गिरीले निर्माण गर्न लागेका हुन्। लभ स्टोरी जनराको फिल्म नेपाल र बनारसमा छायांकन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell