
महेन्द्रनगर : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले स्थानीय तहको परिणामबाट कम्युनिष्टहरु भ्रममा परेको बताएको छ।
जनकपुरमा नेता निधिले पहिलो चरणकै चुनावमा कम्युनिष्ट पार्टीको भ्रम टुट्ने बताउँदै भने, “ ख्रोको राष्ट्रवाद धेरै दिन चल्दैन, नेपाली जनता अब सबै कुरा बुझ्ने भएका छन्।”
उनले नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)ले नेपालमा एकदलीय अधिनायकवाद लाद्न खोजेको आरोप लगाए।” नेता निधिले भने, “बाहिरबाट आएर धनुषा जित्नु दिवास्वप्ना मात्र हो।” रासस