PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

के हुँदैछ फिल्म 'गाँजाबाजा'को नाम दर्ता प्रक्रिया?



पहिलोपोस्ट

के हुँदैछ फिल्म 'गाँजाबाजा'को नाम दर्ता प्रक्रिया?

काठमाडौं: नाममा 'गाँजा' शब्द भएका कारण अझै दर्ता हुन सकेको छैन फिल्म 'गाँजाबाजा'। फिल्म घोषणा भएको दुई वर्ष पुग्न लाग्दा पनि फिल्म चलचित्र विकास बोर्डमा दर्ता भएको छैन। जसका कारण फिल्म युनिटले बोर्डविरुद्ध सर्वोच्च अदालतमा २०७३ वैशाख २७ गते रिट दायर गर्यो।। तर अदालतले समेत आजसम्म अन्तिम फैसला सुनाएको छैन।

'अब कार्तिक २७ गते पेशी छ। आशा गरौं हाम्रै पक्षमा निर्णय हुनेछ',फिल्मका निर्माता रहेका नरेश पाण्डेले भने। विवाद सुरु भएको २ वर्ष र मुद्दा दर्ता गरेको ६ महिना पूरा भइसक्दा पनि न्याय पाउन नसकेको गुनासो पाण्डेले गरे। भने,'हाम्रो लागि त फिल्म व्यवसाय हो। लगानी गरेका छौं। यसरी प्रोजेक्ट नै रोक्किदा आर्थिक प्रेसर पर्छ नै।' उनले अब भने गाँजाबाजा युनिटको कानुनी लडाई फिल्म इन्डस्ट्रीको हितका लागि भएको जनाए। 'अब भने चलचित्र विकास बोर्ड हामी प्रति केही सकारत्मक छ।'

गाँजाबाजा फिल्मको दर्ता प्रक्रिया बारे चलचित्र विकास बोर्डका कार्यवहाक अध्यक्ष रामचन्द्र ढकालले भने,'हामीले फिल्म युनिटको समस्या बारे बुझेका छौं। तर अब निर्णय त अदालतले गर्ने हो। हामीले केही सकारात्मक भएर बुझ्ने प्रयास गरेका छौं।' बोर्डले 'गाँजा' लागुऔषधको नाम भएकाले फिल्ममा त्यो शब्द राख्न नमिल्ने भनेर 'गाँजा बाजा' दर्ता नगरेको हो। तर प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयबाट 'गाँजाबाजा' शीर्षकमा रचनाको दर्ता प्रमाणपत्र समेत पाइसकेको थियो।

दुई बेरोजगार युवाको कथा हो फिल्म गाँजाबाजा। जो गाँजा खोज्दै भौंतारिन्छन्। त्यसै क्रममा सिर्जना हुन्छ रमाइलो र अन्य अवस्था। र, बज्छ जिन्दगीमा बाजा। यसै विषयको कथा भन्ने फिल्मको प्रोडक्शनको काम भने सकिएको निर्माता नरेशले जानकारी दिए।

गाँजाबाजामार्फत आजको सामाजिक यथार्थको एउटा पाटोलाई चित्रण गरेको बताउँदै फिल्मका निर्देशक गणेशदेव पाण्डे भन्छन्, 'लोकतन्त्र र संविधानले मलाई दिएको अधिकारको चलचित्र विकास बोर्डले मजाक उडाउँदै हामीमाथि अंकुश लगायो, त्यही कारण गाँजाबाजा नाम राखेर फिल्म बनाउन नपाउने गलत निर्णय भएको हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell