PahiloPost

Jun 24, 2026 | १० असार २०८३

मिस नेपाल नीकिता चाण्डक 'मिस वर्ल्ड २०१७'को टप ४० मा



पहिलोपोस्ट

मिस नेपाल नीकिता चाण्डक 'मिस वर्ल्ड २०१७'को टप ४० मा

काठमाडौं: 'मिस वर्ल्ड २०१७'मा नेपालको प्रतिनिधिको रुपमा रहेकी मिस नेपाल २०१७ नीकिता चाण्डक उत्कृष्ट ४० मा पर्न सफल भएकी छिन्। आइतबार मिस वर्ल्डको आधिकारिक वेबसाइटबाट जानकारी सार्वजनिक भएको हो।

'हेड टु हेड च्यालेन्ज'को भोटको आधारमा विजेता भएसँगै उनी प्रतियोगिताको टप ४० मा पुगेकी हुन्। जुन च्यालेन्जमा विश्वभरका लागि भोटिङ समेत खुला गरिएको थियो। युट्युब ट्रेन्डिङमा समेत आएको चाण्डकको च्यालेन्ज भिडियोले उनलाई ग्रुप ३ को विजेता बनायो।

२० समुहमा विभाजन गरेर हेड टु हेड च्यालेन्ज गराइएको थियो। जसमा युवतीहरुले आफ्नो उदेश्य प्रष्ट हुने गरी छायांकन गरेको भिडियो देखाउन पर्ने थियो। भिडियोको आधारमा दर्शकले मत दिन सक्ने थिए। ग्रुप १ देखि ८ सम्मको लागि भने अब भोटिङ बन्द भैसकेको छ। जसमा इटाली, अर्जेन्टिना, फ्रान्स, कोलम्बिया, बङ्गलादेश, मकाउ र मंगोलियाका युवती छानिएका छन्।

११८ देशका सुन्दरीहरु सहभागी भएको सौन्दर्य प्रतियोगिताको फिनाले आउँदो १८ नोभेम्बरमा चाइनामा हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell