PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

गिरिजाप्रसाद कोइरालाको सपना पूरा मैले गर्नुछ : प्रचण्ड



पहिलोपोस्ट

गिरिजाप्रसाद कोइरालाको सपना पूरा मैले गर्नुछ : प्रचण्ड

चितवन : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता गिरिजाप्रसाद कोइरालाको सपना पूरा गर्न स्थिर सरकार र देश समृद्ध बन्नुपर्ने बताएको छ।

चितवन क्षेत्र नं ३ अन्तर्गत आज मंगलपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले विस्तृत शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्ता आफू र अर्को हस्ताक्षरकर्ता कोइराला रहेको र उनका सपना पूरा गर्ने जिम्मा आफूमा रहेको जिकिर गरे।

संविधान सभाको दोस्रो निर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला निर्वाचित भएको थियो। नेता दाहालले भने, “राष्ट्र निर्माणका लागि गिरिजाप्रसादलाई सम्झेर मलाई मतदान गर्न म नेपाली कांग्रेसका कार्यकर्तालाई आग्रह गर्दछु। यस क्षेत्रबाट कांग्रेसका पुराना र संघर्षशील नेता उम्मेदवार भएको भए मेरो प्रतिस्पर्धी हुने थिए तर कांग्रेसको उम्मेदवार नहुँदा मेरो प्रतिस्पर्धी कोही छैन।”

अध्यक्ष दाहालले वामपन्थीको स्थिर सरकारले मात्र देशको मुहार कायपलट हुने बताउँदै पाँच वर्षमा चितवनको मुहार फेर्ने प्रतिबद्धता व्यक्त गरे। वामपन्थीको एकता नै राष्ट्रको एकताको अङ्ग बताउँदै उनले नेपाली कांग्रेसलाई पनि बृहत् प्रजातान्त्रिक एकता कायम गरी अगाडि बढ्न सुझाव दिए।

चितवनलाई विकास र समृद्धिमार्फत देशकै नमूना जिल्ला बनाउन आफ्नो उम्मेदवारी रहेको उनले बताएका छन्। रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell