PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

लोकतन्त्रको सुदृढीकरणका लागि कांग्रेसको जित अपरिहार्य : प्रधानमन्त्री



पहिलोपोस्ट

लोकतन्त्रको सुदृढीकरणका लागि कांग्रेसको जित अपरिहार्य : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको संस्थागत विकासका लागि आगामी निर्वाचनमा कांग्रेसले जित्नु अपरिहार्य भएको बताएका छन्।

नेपाल तेक्वान्दो संघका खेलाडीलाई कांग्रेसमा प्रवेश गराउन आयोजित कार्यक्रममा उनले मानवाधिकार, प्रेस स्वतन्त्रता र व्यक्तिको स्वतन्त्रताको हक लोकतन्त्रमा मात्र सुरक्षित हुने बताएको हो। प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन लोकतन्त्र रोज्ने कि कम्युनिष्ट शासन रोज्ने जनमत भएको विचार व्यक्त गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्रको रक्षा कांग्रेसले मात्र गर्न सक्छ भनेका छन्। उनले यस जटिल घडीमा कांग्रेसलाई साथ दिन जनतालाई आग्रह गरे।

कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको सुदृढीकरणका लागि कांग्रेस सदैव कटिबद्ध रहँदै आएको बताउँदै आगामी निर्वाचनमा जनताले प्रजातान्त्रिक शक्तिलाई साथ दिनुपर्ने धारणा व्यक्त गर्न भ्याए।

विश्वमा असफल भइसकेको साम्यवाद केही कम्युनिष्ट दलले नेपालमा लागू गर्ने प्रयास गरेको बताउँदै नेता पौडेलले त्यसलाई कदापि सफल हुन नदिने दृढता व्यक्त गरे।

कार्यक्रममा कांग्रेस नेता एवं युवा तथा खेलकुदमन्त्री राजनकुमार केसीले लोकतन्त्र र कांग्रेसलाई बलियो बनाउन सम्पूर्ण प्रजातान्त्रिक शक्ति एक हुनुपर्नेमा जोड दिए। कार्यक्रममा तेक्वान्दो संघका संस्थापक दीपराज गुरुङ, संघका महासचिव कमलराज गुरुङलगायत मुलुकभरका तीन सय ६१ खेलाडी कांग्रेसमा प्रवेश गरेका छन्। उनीहरुलाई कांग्रेस सभापति देउवाले अबिरमाला लगाई पार्टीमा प्रवेश गराएको थियो। रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell