PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

इलामलाई पर्यटकीय जिल्लामा विकास गर्छु : खनाल



पहिलोपोस्ट

इलामलाई पर्यटकीय जिल्लामा विकास गर्छु : खनाल

इलाम : नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनालले आसन्न निर्वाचनमा वाम गठबन्धनले स्पष्ट बहुमत प्राप्त गर्ने जिकिर गरेका छन्।

माई नगरपालिका– १० मा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता खनालले प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा वाम गठबन्धनले दुई तिहाइ बहुमत प्राप्त गरेर मुलुकलाई समाधान दिने बताए। “वाम गठबन्धन अब एकताको प्रक्रियामा अघि बढेको छ, एकता हुने भएपछि दक्षिणपन्थी र कांग्रेस अत्तालिएका छन्,” उनले भने।

निर्वाचनपछि आर्थिक समृद्धिको बाटोमा मुलुकलाई उन्मुख गराउने नयाँ योजनाका साथ वाम गठबन्धन गरिएको उल्लेख गर्दै उनले गठबन्धनका उम्मेदवारमाथिको आक्रमण सुनियोजित भएको टिप्पणी गरेका थिए।

इलामलाई पर्यटकीय जिल्लामा अघि बढाउने योजनाका साथ आफू निर्वाचनमा होमिएको बताउँदै पूर्वप्रधानमन्त्री खनालले यहाँका अन्तु, कन्याम, सन्दकपुर र माइपोखरीको पर्यटनलाई माथि उकास्ने खालका नयाँ योजना ल्याइने जानकारी दिए। रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell