PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

न्यायालयको फैसला इंगित गर्दै डा केसीले भने, ‘शैक्षिक अपराधी र भ्रष्टहरुलाई कारबाही कसले गर्छ ?’



सागर बुढाथोकी

न्यायालयको फैसला इंगित गर्दै डा केसीले भने, ‘शैक्षिक अपराधी र भ्रष्टहरुलाई कारबाही कसले गर्छ ?’

काठमाडौं :  प्राध्यापक डाक्टर गोविन्द केसीले राष्ट्रपतिले विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेको चिकित्सा शिक्षा अध्यादेश आगामी संसदले अनुमोदन नगरे अनशन बस्ने बताएका छन्। 

त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै डा केसीले अध्यादेश बाहेकका अन्य बाँकी माग पूरा नगरे जुनसुकै बेला अनशन सुरु गर्न सक्ने संकेत गरेका छन्।

शैक्षिक शुल्क, इन्ट्रान्स परीक्षा,  चिट चोरी प्रकरण र आइओएमका विषयमा डा केसीले राखेका धेरै मागहरु पूरा हुन बाँकी छन्।

‘अध्यादेश आउनु हाम्रो अभियानको संक्रमणकालीन जित मात्र हो। पूर्ण ऐनको रुप दिन बाँकी नै रहेकाले आउने संसदबाट ऐनको रुपमा दिन सबै दललाई अपील गर्दर्छौं।’ केसीले भने, ‘अध्यादेश प्रमाणीकरण गरेर अरु मागलाई ध्यान दिइएन भने मैलै फेरि अनशन बस्नै पर्ने हुन्छ।’

डा केसीले शिक्षा मन्त्रालयले नेशनल कलेजको सम्बन्धनकाबारेमा शिक्षा मन्त्रालयले सर्वोच्चमा भ्याकेट निवेदन दिइसकेकाले त्रिविले पनि सर्वोच्चमा भ्याकेट निवेदन दिनुपर्ने बताएका छन्। 

केसीले भने, ‘नेशनल कलेजको सम्बन्धमा धेरै सरकारी कर्मचीहरु संग्लग्न रहेको देखिएको छ। ती भ्रष्ट शैक्षिक अपराधीहरुलाइ कसले कहिले कारबाही गर्ने ?’

केसीले नेशनल कलेजको सम्बन्धमा सर्वोच्च अदालतले दिएको फैसला स्मरण गर्दै न्यायालय माफियाको इशारामा चलेको पुष्टी भएको बताएका छन्।

‘लोकतान्त्रिक व्यवस्थामा अवहेलनाको त्रास देखाएर मिडियाको मुख थुन्ने र निरंकुशतापूर्वक भ्रष्टाचारमा लिप्त हुने अधिकार न्यायालयलाई छैन। केसीले भने, ‘सजिलै सही र गलत छुट्याउन सकिने प्रकरणमा न्यायालयले गरेको त्यस्तो फैसला हेर्दा न्यायलेले मिडियाको नजर नपुग्ने अन्य आममानिसको विषयमा कस्तो फैसला गरेको होला।’

केसीले स्वास्थ्य र शिक्षा क्षेत्रलाई असर पार्न जुनसुकै क्षेत्र अराजक भएर लागेपनि आफ्नो लडाइँ नरोक्ने बताएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell