PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

कांग्रेसको बहुमत आउँछ :उपप्रधानमन्त्री श्रेष्ठ



पहिलोपोस्ट

कांग्रेसको बहुमत आउँछ :उपप्रधानमन्त्री श्रेष्ठ

स्याङ्जा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले आसन्न निर्वाचनबाट नेपाली कांग्रेसले बहुमत ल्याउने जिकिर गरेका छन्।

नेपाल प्रेस युनियन स्याङ्जाले वालिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा स्याङ्जा क्षेत्र नं २ का प्रतिनिधि सभाका उम्मेदवार रहेका श्रेष्ठले कम्युनिष्ट पार्टीको गठबन्धन अधिनायकवाद लाद्ने उद्देश्यले भएको बताए।

“२०४८ सालमा नेपाली कांग्रेसले चार वटै क्षेत्रमा जित दर्ता गरेको थियो” नेता श्रेष्ठले भने, “यस पटक पनि संविधानको सफल कार्यान्वयन र लोकतन्त्रको रक्षाका लागि नेपाली कांग्रेसलाई मतदान गर्न आतुर भएको मेरो बुझाइ छ।”


नेता श्रेष्ठ निर्वाचन क्षेत्रका विभिन्न स्थानमा हुने चुनावी सभा तथा कार्यकर्ता भेटघाटमा रहेको छ। स्याङ्जा क्षेत्र नं २ मा कांग्रेस केन्द्रीय सदस्य श्रेष्ठ र नेकपा (एमाले)का केन्द्रीय सदस्य पदमा अर्यालबीच मुख्य प्रतिस्पर्धा हुने बताइएको छ। रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell