A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6a762d2e116492.00341551): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6a762d2e116492.00341551,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

एमबिबिएस चिट चोरी प्रकरणः विद्यार्थीले डिनको पुत्ला जलाए, सिआइवीको प्रतिवेदन सार्वजनिक गर्न माग
PahiloPost

Aug 8, 2026 | २३ साउन २०८३

एमबिबिएस चिट चोरी प्रकरणः विद्यार्थीले डिनको पुत्ला जलाए, सिआइवीको प्रतिवेदन सार्वजनिक गर्न माग



पहिलोपोस्ट

एमबिबिएस चिट चोरी प्रकरणः विद्यार्थीले डिनको पुत्ला जलाए, सिआइवीको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौैं :  चिकित्सा शिक्षा अध्ययन संस्थान आइओएममा एमबिबिएसका विद्यार्थीहरुले  घेराउ गरी डिन जगदीशप्रसाद अग्रवालको पुत्ला जलाएका छन्। 

असोज २८ गते भएको चिट चोरी प्रकरण तत्काल छानविन गर्नुपर्ने माग राखेर उनीहरुले आइओएम घेराउ गरेका हुन्। विद्यार्थीहरुले सिआइवीको प्रतिवेदन सार्वजानिक गर्न माग गर्दै नाराबाजीसमेत गरेका छन्।

आईओएमले एमबिबिएसको प्रवेश परीक्षा गत असोज २८ गते लिएको थियो। परीक्षामा करिब ९ हजार विद्यार्थी सहभागी भएका थिए।

सोही दिन प्रहरीले चार विद्यार्थीलाई चिट चोर्ने डिभाइससहित पक्राउ गरेको थियो। अर्काको परीक्षा दिइरहेका अन्य चार जनासमेत पक्राउ परेका थिए।
विद्यार्थीहरुले आइओएमका डिन अग्रवालको राजिनामासमेत माग गरेका छन्। चिट चोरी प्रकरणमा त्रिवि छानविन कमिटीले आज प्रतिवेदन सार्वजनिक गर्ने भनेपनि सार्वजानिक गरेको छैन। 

आइओएमले लिएको एमबिबिएस प्रवेश परीक्षामा चिटिङ भएको प्रमाणित भइसक्दा पनि पुनः परीक्षाका लागि निर्णय नलिएको भन्दै उनीहरुले यसरी विरोध प्रदर्शन गरेका हुन् ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell