PahiloPost

Jun 24, 2026 | १० असार २०८३

ऐतिहासिक जित, दीपेन्द्रको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन : प्रशिक्षक विनोद दास



पहिलोपोस्ट

ऐतिहासिक जित, दीपेन्द्रको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन : प्रशिक्षक विनोद दास

काठमाडौं : नेपाली क्रिकेटको इतिहासमै पहिलो पटक कुनै पनि लेभलमा नेपालले भारतलाई पराजित गरेकाे छ।

एसीसी यू-१९ युथ एसिया कपअन्तर्गत आइतबार मलेसियामा भएको खेलमा नेपालले भारतमाथि १९ रनको शानदार जीत हासिल गेको हो।

नेपाललाई उक्त सफलता दिलाउन पर्दा पछाडिका नायकमा रहेको मुख्य प्रशिक्षक विनोद दासले यस उपलब्धिलाई ऐतिहासिक जीत मानेका छन्।

'यो ऐतिहासिक जीत हो। टीमले गरेको कठा मेहनत र आत्मविश्वासले यो सम्भव भएको हो।' दासले खेलपछि भने।

उनले विपक्षीसँग खेल्न राम्रो तयारी गरेको र बेस्ट परपरमेन्स दिन सफल भएको प्रतिक्रिया दिए।

यस्तै नेपालको लागि ब्याट र बल दुवैमा शानदार प्रदर्शन गरेका कप्तान दीपेन्द्र सिंह ऐरीले दासले उच्च प्रशैसा गरे। 'दीपेन्द्रले हामीले अहिलेसमाम देखेका मध्ये उत्कृष्ट अलराउण्ड प्रदर्शन गरे। उनले ब्याटबाट नेतृतव लिए र बलबाट पनि उत्तिकै डेलिभर गरे।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell