PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

पूर्वप्रधानमन्त्री विष्टको निधनप्रति राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त



पहिलोपोस्ट

पूर्वप्रधानमन्त्री विष्टको निधनप्रति राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

काठमाडौं : पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको निधनप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले दुःख व्यक्त गरेकी  छन्।

राष्ट्रपति कार्यालयले विज्ञप्ती जारी गरी विष्टको असामयिक निधनबाट राष्ट्रपति भण्डारीज्यूलाई स्तब्ध र दुःखी तुल्याएको जनाएको छ। 

विज्ञप्तीमा भनिएको छ,‘देशभक्त नेताको छवि बनाउनु भएका उहाँले जीवनपर्यन्त निर्भिकताका साथ राष्ट्र र सार्वभौमिकता रक्षाकालागि निर्वाह गर्नुभएको भूमिका सदा स्मरणीय रहिरहनेछ। विष्ट आफ्नो सम्पूर्ण जीवन नै राष्ट्रप्रति समर्पण गरी एउटा राष्ट्रवादी नेताको रुपमा परिचित हुनुहुन्थ्यो।’

राष्ट्रपति आज स्वर्गीय विष्टको निजी निवास ज्ञानेश्वरमा गई दिवंगत आत्माप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनलाई भावपूर्ण समवेदना प्रकट गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell