
साना : साउदी अरेबियाको नेतृत्वको हवाई सेनाले यमनको रक्षा मन्त्रालयमा हमला गरेको छ।
सेनाले यमनको रक्षा मन्त्रालयमा शनिबार हवाई कारबाही गरेको जनाइएको छ। कारबाहीमा परी तीनजना गैरसैनिकको ज्यान गएको छ। अरु क्षतिको बारेमा भने केही बताइएको छैन।
हुथी विद्रोहीको सञ्चारमाध्यम अल मासिराहले यसबारेमा जानकारी दिएको छ। मासिराहका अनुसार साउदी नेतृत्वको हवाई सेनाले शनिबार साँझको समय पारेर हमला गरेको थियो।
एक स्थानीय बासी मोहम्मद अतिफले भने– रातिको समयमा सेनाले रक्षा मन्त्रालयको भवनलाई लक्षित गरी हमला गरेको थियो र त्यसका कारण मेरो घरसमेत हल्लेको थियो।
उनले निकै ठूलो आवाज आउनेगरी र शक्तिशाली हतियार रक्षा मन्त्रालयको भवनमा वर्षाएको आफूले देखेको र आफू निकै डराएर बाहिर निस्किन पनि नसकेको उनले बताएका छन्।रासस/एएफपी