PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

अधिकांश क्षेत्रमा वाम गठबन्धनविरुद्ध एक्लै भिड्दै कांग्रेस



पहिलोपोस्ट

अधिकांश क्षेत्रमा वाम गठबन्धनविरुद्ध एक्लै भिड्दै कांग्रेस

  • नेत्र तामाङ
काठमाडौं : पहिलो चरणमा ३७ र दोस्रो चरणमा १ सय २८ निर्वाचन क्षेत्र गरी १ यस ६५ जना प्रतिनिधि सभा सदस्य प्रत्यक्ष निर्वाचनमार्फत चुनिदैछन्। केही ठाउँमा तालमेलबाहेक अधिकांश क्षेत्रमा नेपाली कांग्रेस वाम गठबन्धनविरुद्ध एक्लै भिड्ने भएको छ। 

साना दललाई ११ स्थानमा सघाउने वचनका साथ कांग्रेसले १ सय ६५ मध्ये १ सय ५४ स्थानमा उम्मेदवारी दिएको छ। एमालेले ९६ सिटका लागि उम्मेदवारी दिएको छ। माओवादी केन्द्रले एमालेसँग गठबन्धन गर्दै ६२ सिटका लागि उम्मेदवारी दिएको छ। वाम गठबन्धनमा जम्म १ सय ५८ जनाले उम्मेदवारी दिएको देखिएको छ।

कहाँ कसलाई छाड्यो कांग्रेसले ?

पहिलो चरणमा कांग्रेसले सिन्धुपाल्चोक २ मा राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणा  र गोरखा २ मा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईलाई कांग्रेसले सघाउने भएको छ।

दोस्रो चरणको निर्वाचनमा धनकुटा १ मा राप्रपा (प्रजातान्त्रिक)का सुनिलबहादुर थापा, सुनसरी १ मा संघीय समाजवादीका अशोक राई, मकवानपुर १ मा राप्रपा अध्यक्ष कमल थापा, चितवन ३ मा राप्रपा (प्रजातान्त्रिक)का विक्रम पाण्डे, महोत्तरी ३ मा राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र सप्तरी २ फोरम अध्यक्ष उपेन्द्र यादवलाई सघाउने भएको छ।

यसैगरी काठमाडौं ७ मा राप्रपाका विक्रमबहादुर थापालाई कांग्रेसले सघाउने भएको छ। दैलेख १ मा राप्रपाका दीपककुमार शाहीलाई सघाउने छ।
बाँके २ मा राप्रपाका ओमप्रकाश आजादलाई सहयोग गर्ने भएको छ भने रुपन्देही ३ मा राप्रपाका दीपक बोहरालाई सघाउने कांग्रेसले जनाएको छ ।

कांग्रेसलाई अरु पार्टीले कहाँ-कहाँ सघाउँदैछन् ?

यसको सट्टामा कांग्रेसलाई आफुले सहयोग गरे बराबरको सहयोग अन्य पार्टीले गरेमा पनि ११ सिटका लागि सहयोग गर्ने देखिन्छ। यस्तो अवस्थामा १ सय ४३ क्षेत्रमा कांग्रेसले गठबन्धनविरुद्ध एक्लै लड्न लागेको हो।

सुनसरी क्षेत्र ४ मा संघीय समाजवादी फोरम नेपालले नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र कार्कीलाई सघाउने भएको छ। अर्थमन्त्रीसमेत रहेका कार्की फोरमले सघाउने भएपछि यस क्षेत्रबाट उम्मेदवारी दिएका हुन्।

कांग्रेसले सुनसरी प्रतिनिधिसभा क्षेत्र १ का फोरम नेपालका बरिष्ठ नेता अशोक राईलाई सघाएपछि क्षेत्र ४ मा कांग्रेसलाई सघाएको हो।

बैतडीमा कांग्रेस उम्मेदवार नरबहादुर चन्दलाई राप्रपाले सघाउने भएको छ। यता रसुवामा नयाँ शक्तिले कांग्रेसलाई सघाउने भएको छ। गोरखा १ मा चीनकाजी श्रेष्ठलाई नयाँ शक्तिले सघाउने वचन दिएको छ।

रसुवामा कांग्रेस उम्मेदवार मोहप्रसाद आचार्यलाई नयाँ शक्तिले सघाउने भएको छ। भोजपुर १ मा संघीय समाजवादीले कांग्रेस उम्मेदवार उमेशजंग रायमाझीलाई सघाउने भएको छ।

पहिलो चरणमा हुने निर्वाचनका लागि कांग्रेस र कांग्रेसले समर्थन गरेका दलका उम्मेदवारहरु


सोलुखुम्बु—बलबहादुर केसी
ताप्लेजुङ—केशवप्रसाद दाहाल
पाँचथर—भीष्मराज आङ्देम्वे
खोटाङ—सरस्वती वजिमय
मनाङ—टेकबहादुर गुरुङ
हुम्ला—मंगलबहादुर शाही
भोजपुर—उमेशजंग रायमाझी
जाजरकोट—राजीव विक्रम शाह
दोलखा—रुद्रबहादुर खड्का
मुस्ताङ —रोमी गौचन थकाली
म्याग्दी—खमबहादुर गर्बुजा
रोल्पा—अमरसिंह पुन
रुकुम पश्चिम—गोपालजीजंग शाह
मुगु—हस्तबहादुर मल्ल
जुम्ला—देवेन्द्र बहादुर शाही
कालिकोट—भूपेन्द्रजंग शाही
दार्चुला—विक्रमसिंह धामी
डोल्पा—अंगदकुमार बुढा
ओखलढुंगा—रामहरि खतिवडा
बझाङ—पृथ्वीबहादुर सिंह
संखुवासभा—दीपक खड्का
बैतडी—नरबहादुर चन्द
नुवाकोट—१  डा रामशरण महत
नुवाकोट—२  अर्जुननरसिंह केसी
रसुवा—मोहन आचार्य
धादिङ—१ विश्वप्रसाद अर्याल
धादिङ—२     दिलमान पाख्रिन
सिन्धुपाल्चोक—१    मोहनबहादुर बस्नेत
सिन्धुपाल्चोक—२ पशुपति शम्शेर राणा राप्रपा(प्रजातान्त्रिक)
रामेछाप—पूर्णबहादुर तामाङ
बाग्लुङ—१    चम्पा खड्का
बाग्लुङ—२     निरज पुन
लम्जुङ—दिलबहादुर घर्ती
गोरखा—१ चीनकाजी श्रेष्ठ
गोरखा—२ डा बाबुराम भट्टराई नयाँ शक्ति
बाजुरा—कविराज पण्डित
रुकुम (पूर्वी क्षेत्र) —हरिशंकर घर्तीमगर

दोस्रो चरणका उम्मेदवारहरु

(तल्लो पहाडी र तराईका ४५ जिल्ला)

इलाम—१    भुपेन्द्र कट्टेल
इलाम –२    केशव थापा
तेह्रथुम—१    सीता गुरुङ
धनकुटा—१    सुनिलबहादुर थापा(राप्रपा प्रजातान्त्रिक)
उदयपुर—१    डा. नारायण खड्का
उदयपुर –२    नारायणबहादुर कार्की
झापा—१         विश्वप्रकाश शर्मा
झापा–२        उद्धव थापा
झापा–३        कृष्णप्रसाद सिटौला
झापा–४        देउकुमार थेवे
झापा –५        खगेन्द्र अधिकारी
मोरङ—१    डिकबहादुर लिम्वु
मोरङ–२        मिनेन्द्रप्रसाद रिजाल
मोरङ–३        सुनिलकुमार शर्मा
मोरङ–४        महेश आचार्य
मोरङ–५        अमृतकुमार अर्याल
मोरङ–६        डा. शेखर कोइराला
सुनसरी—१    अशोक राई(संघीय समाजवादी)
सुनसरी—२    सिताराम मेहता
सुनसरी—३    विजयकुमार गच्छदार
सुनसरी—४    ज्ञानेन्द्रबहादुर कार्की
सप्तरी—१    रामदेव साह
सप्तरी –२        सकलदेव सुतियार
सप्तरी–३        दिनेशकुमार यादव
सप्तरी –४        तेजुलाल चौधरी
सिरहा—१    प्रदिप गिरी
सिरहा–२        रामचन्द्र यादव
सिरहा –३    अमर रेग्मी
सिरहा –४    मोख्तार अहमद
धनुषा—१    आनन्दप्रसाद ढुंगाना
धनुषा –२    रामकृष्ण यादव
धनुषा –३    बिमलेन्द्र निधि
धनुषा –४    महेन्द्र यादव
महोत्तरी—१    सिताराम भण्डारी
महोत्तरी –२    किरण यादव
महोत्तरी –३    बजरंग नेपाली
महोत्तरी –४    महेन्द्रकुमार राय
सर्लाही—१    शम्भुलाल श्रेष्ठ
सर्लाही –२    जंगीलाल राय
सर्लाही –३    हरेश प्रसाद महतो
सर्लाही –४    अमरेश कुमार सिंह
बारा—१        उमाकान्त चौधरी
बारा –२        राधेचन्द्र यादव
बारा –३        फरमुल्लाह मंसुर
बारा –४        लालवावु सिंह भूमिहार
पर्सा—१        अनिलकुमार रुङ्गगटा
पर्सा –२        अजयकुमार चौरसिया
पर्सा –३        सुरेन्द्रप्रसाद चौधरी
पर्सा –४        रमेश रिजाल
रौतहट—१    कृष्णप्रसाद यादव
रौतहट –२    मो. आफ्ताव आलम
रौतहट –३    सुनिलकुमार यादव
रौतहट –४    देवप्रसाद तिमिल्सीना
सिन्धुली—१    प्रेमचन्द्र दाहाल
सिन्धुली—२    नरेन्द्रजंग थापा
मकवानपुर—१    राप्रपा तालमेल
मकवानपुर –२        महालक्ष्मी उपाध्याय (डिना)
चितवन—१        राजेन्द्र बुर्लाकोटी
चितवन –२        शेषनाथ अधिकारी
चितवन –३        राप्रपा तालमेल
काभ्रेपलाञ्चोक—१    तिर्थबहादुर लामा
काभ्रेपलाञ्चोक—२    मधु आचार्य
काठमाडौँ—१        प्रकाशमान सिंह
काठमाडौँ—२        दीपक कुइँकेल
काठमाडौँ—३        अम्बिका बस्नेत
काठमाडौँ—४        गनगकुमार थापा
काठमाडौँ—५        डा. प्रकाशशरण महत
काठमाडौँ—६        भीमसेन दास प्रधान
काठमाडौँ—७        बिक्रमबहादुर थापा(राप्रपा)
काठमाडौँ—८        नविन्द्रराज जोशी
काठमाडौँ—९        ध्यानगोविन्द रञ्जित
काठमाडौँ—१०    राजनकुमार केसी
ललितपुर—१        उदय शमसेर राणा
ललितपुर –२        चन्द्र महर्जन
ललितपुर –३        मदनवहादुर अमात्य
भक्तपुर—१        बाबुराजा जोशी
भक्तपुर –२        दमननाथ ढुंगाना
नवलपरासी (वर्दघाट सुस्ता पूर्व)—१ (नवलपुर)    डा. शशांक कोइराला
नवलपरासी (वर्दघाट सुस्ता पूर्व)—२ (नवलपुर)    विष्णु कुमार कार्की
तनहुँ—१        रामचन्द्र पौडेल
तनहुँ –२        शंकर भण्डारी
कास्की—१    यज्ञबहादुर थापा
कास्की –२    देवराज चालिसे
कास्की –३    शुक्रराज शर्मा
स्याङ्जा—१    राजु थापा
स्याङ्जा—२    गोपालमान श्रेष्ठ
पर्वत—१        अर्जुनप्रसाद जोशी
नवलपरासी (वर्दघाट सुस्ता पश्चिम)—१    देवकरणप्रसाद कलवार
नवलपरासी (वर्दघाट सुस्ता पश्चिम)—२    देवेन्द्रराज कँडेल
पाल्पा—१    विजयराज घिमिरे
पाल्पा –२    हरिप्रसाद नेपाल
अर्घाखाँची—१    रामबहादुर विसी
गुल्मी—१    चन्द्रकान्त भण्डारी
गुल्मी–२    चन्द्रबहादुर केसी
रुपन्देही—१    अब्दुल रजाक गद्दी
रुपन्देही—२    युवराज गिरी
रुपन्देही—३    दीपक बोहरा(राप्रपा)
रुपन्देही—४    प्रमोदकुमार यादव
रुपन्देही—५    भरतकुमार शाह
कपिलवस्तु—१    दीपकुमार उपाध्याय
कपिलवस्तु –२        सुरेन्द्रराज आचार्य
कपिलवस्तु –३    अभिषेक प्रताप शाह
दाङ—१        सुशीला चौधरी
दाङ –२        राजु खनाल
दाङ–३        दीपक गिरी
प्यूठान—१    डा. गोविन्दराज पोखरेल
बाँके—१        माधवराज खत्री
बाँके –२        ओमप्रकाश आजाद(राप्रपा)
बाँके –३        बादशाह कुर्मी
वर्दिया—१    सञ्जयकुमार गौतम
वर्दिया –२    गोपाल दहित
सल्यान—१    राजेन्द्रबहादुर शाह
सुर्खेत—१        पूर्णबहादुर खड्का
सुर्खेत –२        हृदयराम थानी
दैलेख—१        दीपक कुमार शाही(राप्रपा)
दैलेख –२        शिवराज जोशी
कैलाली—१    ईश्वरी देवी न्यौपाने
कैलाली –२    मोहनसिंह राठौर
कैलाली –३    रामजनम चौधरी
कैलाली –४    सुनिलकुमार भण्डारी
कैलाली –५    डा. आरजु राणा देउवा
कञ्चनपुर—१    दिवानसिंह विष्ट
कञ्चनपुर–२    नारायणप्रकाश साउद
कञ्चनपुर–३    रमेश लेखक
डडेल्धुरा—१    शेरबहादुर देउवा
अछाम—१    भरतकुमार स्वाँर
अछाम –२    पुष्पवहादुर शाह
डोटी—१        बीरवहादुर वलायर

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell