PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

सगरमाथा आरोहणमा निस्कँदै पाँच पत्रकार महिला



पहिलोपोस्ट

सगरमाथा आरोहणमा निस्कँदै पाँच पत्रकार महिला

काठमाडौं : 'समानताका लागी बुलन्द आवाज' भन्ने नाराका नेपालका पाँच महाल पत्रकारले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने तयारीङ्गा छन्।

प्रथम महिला पत्रकार सगरमाथा आरोहण-२०१८ नाम दिइएको उक्त आरोहण टोलीलाई आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति निवासमा आयोजित एक कार्यक्रममा शुभकामना दिएका छन्।

सो अवसरमा भण्डारीले नेपाली नागरिक, महिला तथा पत्रकारको हैसियतले पेचिलो सामाजिक जिम्मेवारीकोबोध गर्दै ६४ वर्षको सगरमाथा आरोहणको इतिहासमा नयाँ आयाम थपिने भन्दै यस उत्साहजनक सोच सराहनीय भएको बताए।

सम्पूर्ण नेपाली र नेपालको नाम फैलिने कार्य भएको हुँदा हरतरहको सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै उनले आरोहण कार्यको सफलताको शुभकामना पनि दिए।

प्रथम महिला पत्रकार सगरमाथा आरोहण-२०१८ अन्तर्गत रोशा बस्नेत (राष्ट्रिय समाचार समिति), प्रियालक्ष्मी कार्की, (न्यूज २४ टेलिभिजन), कल्पना महर्जन, (मेघा टेलिभिजन), रोजिता बुद्धाचार्य (नेपाल टेलिभिजन तथा विःपी कोईराला ममोरियल प्लानेटेरियम अब्जरभेटरी र विक्षान सङग्रहालय विकास समिति ) र देउराली चाम्लिङ (स्वतन्त्र पत्रकार) गरि पाँच महिला पत्रकारहरु आगामी चैतमा सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने तयारीमा छन्।

साथै आरोहण सम्बन्धि तालिम लिन आगामी कात्तिक २९ गते बुधबारका दिन पत्रकार महिलाको टोली दोलखास्थित यालुङरी र रामदुङ ६००० मिटरका दुई हिलाम आरोहण गर्न दोलखा रोलवालिङ प्रस्थान गर्नेछन्।

राष्ट्रपति भण्डारीसँगको भेटको अवसरमा आरोही समूहलाई नेपाली दाजुभाई, दिदीबहिनी, विभिन्न संघसंस्थाका आर्थिक, भौतिक, नैतिक सहयोग तथा आर्शीवादको आवश्यकता रहेको आरोहण टोलीका सयोजक कल्पना महर्जनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell