PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

पशुपति शमशेरले भने, ‘सिन्धुपाल्चोक मेरो मन्दिर हो, यहाँका जनता मेरा भगवान्’ 



पहिलोपोस्ट

पशुपति शमशेरले भने, ‘सिन्धुपाल्चोक मेरो मन्दिर हो, यहाँका जनता मेरा भगवान्’ 

सिन्धुपाल्चोक : राष्ट्रिय प्रजातन्त्र पार्टी(प्रजातान्त्रिक)का अध्यक्ष एवं सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार पशुपति शमशेर राणाले आफ्नो लागि सिन्धुपाल्चोक जिल्ला मन्दिर भएको बताएका छन्। आइतबार इन्द्रावती गाउँपालिकाको नवलपुरमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै राणाले यस्तो बताएका हुन्।

आफूलाई जिताउन आग्रह गर्दै राणाले भने, ‘सिन्धुपाल्चोक मेरो लागि मन्दिर हो, यहाँका जनता मेरा लागि भगवान् हुन्, म तपाईँहरुलाई नै पुज्छु। यहाँहरूले साथ दिएर जिताउनुहोला।’

आफूले मेलम्चीदेखि चौतारासम्मको कच्ची सडक कालोपत्रे गरिदिने र थप विकासमा जनतासँग सहकार्य गरी अघि बढ्ने वचन दिए। राणा लोकतान्त्रिक गठबन्धनकातर्फबाट उम्मेदवार हुन्। उनीविरुद्ध वाम गठबन्धनबाट शेरबहादुर तामाङ चुनावी मैदानमा छन्।

उक्त क्षेत्रमा प्रदेशसभातर्फ क र ख दुबैमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार छन्। कार्यक्रममा कांग्रेस नेता एवं २ नम्बर क्षेत्र क का प्रदेश सभा उम्मेदवार विकास तामाङले वामपन्थी उम्मेदवार युवराज दुलालविरुद्ध आक्रोश व्यक्त गर्दै माओवादी बन्दुक बोकेर हिड्ने ‘आतंककारी’ भएकोले कहिले पनि जनताको हित काम गर्न नसक्ने आरोप लगाए। यस्तै कार्यक्रममा कांग्रेस जिल्ला सभापति विकास लामाले लोकतान्त्रिक गठबन्धनलाई जिताउन अनुरोध गरेका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell