काठमाडौं : नेपालका नम्बर एक जोडी रत्नजित तामाङ र नङगशल तामाङ पाकिस्तानमा जारी योनेक्स सनराईज पाकिस्तान ईन्टरनेशनल ब्याडमिन्टन सिरिज-२०१७ को मिक्स डबल्समा फाइनलमा पराजित भएका छन्।
पाकिस्तानको लिकत जिम्नेजियम, इस्लामावादमा भएको प्रतियोगितामा दिपेश धामी र शोभा गौचनको जोडीले अघिल्लो संस्करणका विजेता तामाङ दिदीभाईको जोडीलाई २१–१४, २१–१३ ले पराजित गरे।
दिपेश र शोभाको जोडीले सेमिफाइनलमा पाकिस्तानी जोडीलाई पराजित गर्दै फाईनलमा दिदीभाईसँग भेट पक्का गरेका थिए।
सोही प्रतियोगिताको मिक्स डबल्स तर्फको खेलमा बिष्णु कटुवाल र सुनैना मुखियाको जोडीले तेश्रो स्थान हात पार्दै कास्य पदक प्राप्त गर्न सफल भएका छन्। कटुवाल र मुखियाको जोडी सेमिफाइनलमा तामाङ दिदीभाईको जोडीसँग पराजित भएका थिए।