
युरोपेली राष्ट्र स्वीट्जरल्याण्ड अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनोट भएको छ।
युरोपेली प्लेअफमा उत्तरी आयरल्याण्डलाई दुई लेगको खेलमा १-० ले पराजित गर्दै स्वीट्जरल्याण्ड विश्वकपमा स्थान बनाउन सफल भएको हो।
पहिलो लेगमा उत्तरी आयरल्याण्डलाई १-० ले पराजित गरेको स्वीट्जरल्याण्डले दोस्रो लेगमा गोलरहित बराबरी खेलेको हो। बराबरी खेले पनि पहिलो लेगको जित नै स्वीस टोलीलाई विश्वकप पूर्याउन पर्याप्त बन्यो।