![चिकित्सा शिक्षा जाँचबुझ आयोगले बोलायो नेशनल कलेज र केयू प्रकरणमा संलग्न पधाधिकारीहरु](https://pahilopost.com/assets/upload/contentthumb/xKNMC_,288,29.JPG.pagespeed_.ic_.4hbJpQTDYU_1.jpg)
काठमाडौं: विवादित काठमाडौं नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिने र दिलाउने कार्यमा संलग्न एक दर्जनभन्दा बढीलाई चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगले जाँचबुझका लागि बोलाउने निर्णय गरेको छ।
आयोगमा आइतबार बसेको बैठकले त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँसँगै तत्कालीन उपकुलपति डा. हिरा बहादुर महर्जनलाई आयोगमा उपस्थिति गराउने निर्णय गरेको हो।
जाचबुझका लागि काठमाडौं नेशनलका विषयमा त्रिवि कार्यकारी परिषद्का पदाधिकारीदेखि कलेजको प्राविधिक अनुगमनका लागि त्रिविबाट खटाइएका टोली संयोजक र सदस्यहरुलाई समेत जाँचबुझका लागि बोलाइएको बताएको छ।
आयोगले जाँचबुझका लागि बोलाएका पधाधिकारीहरु
तत्कालीन उपकुलपति हिरा बहादुर महर्जन
हालका उपकुलपति तीर्थ खनियाँ
रेक्टर सुधा त्रिपाठी
रजिस्ट्रार डिल्ली उप्रेती
कार्यकारी परिषद्का सम्बन्धन दिने निर्णयमा संलग्न सबै सदस्यहरु।
डा. करविरनाथ योगी र सदस्यहरु डा. केशवप्रसाद सिंह, डा. प्रमोदकुमार श्रेष्ठ, डा. परशुराम मिश्र, डा. ज्योति शर्मा, डा. रामप्रसाद उप्रेती र त्रिवि योजना महाशाखाका प्रल्हादराज पन्तलाई पनि जाँचबुझका लागि बोलाएको छ। २०७० कार्तिक २५ र २६ मा नेशनल कलेजको अनुगमन गर्न त्रिविबाट खटाइएको टोलीमा उनीहरु थिए।
मेडिकल काउन्सिलको सदस्य पनि
नेपाल मेडिकल काउन्सिलबाट ०६९ साउन २४ मा प्रारम्भिक स्थलगत निरीक्षण गर्ने टोलीका सदस्य डा. शशी शर्मालाई पनि आयोगले बोलाएको छ।
मेडिकल कलेजहरुको सिट निर्धारण र काठमाडौं विश्वविद्यालय (केयु)को प्रवेश परीक्षाका विषयमा २८ डाक्टरलाई सोधपुछका लागि आयोगले बोलाइसकेको छ।
डा. शशी शर्मा, डा. सुवोध अधिकारी, डा. निलमणी उपाध्याय, डा. ऋषिकेशनारायण श्रेष्ठ, डा. सरोज श्रेष्ठ, डा. सुप्रभात श्रेष्ठ, डा. हिरा तुलाधार र डा. प्रकाश डंगोल यस विषयमा संग्लग्न थिए।
केयूको ०७३ जेठ १५ गते भएको पिजी तहको प्रवेश परीक्षामा अख्तियारबाट गएका विज्ञले प्रश्नपत्र छनोट गरी परीक्षा सञ्चालन गराएको विषयमा छानविन गर्न विज्ञ समूहमा रहेका सबैलाई आयोगले बोलाएको हो।
मेडिकल काउन्सिलका यी २० पूर्व पदाधिकारी
आयोगले मेडिकल कलेजहरुको विद्यार्थी भर्नाका लागि हुने सिट निर्धारणको विषयमा जाँचबुझ गर्न नेपाल मेडिकल काउन्सिलका २० जना पूर्व पदाधिकारीलाई पनि बोलाएको थियो।
आयोगले यी पदाधिकारीलाई बोलाएर जाँचबुझ गरिसकेको छ।
काउन्सिलका पूर्वध्यक्ष डा. दामोदर गजुरेल
पूर्व उपाध्यक्ष डा. एई अन्सारी
पूर्व रजिस्ट्रार डा. निलमणि उपाध्याय
पूर्व सदस्यहरु डा. अनिलकुमार झा
डा. अञ्जनीकुमार झा
डा. अंकुर शाह
डा. विश्वराज दवाडी
डा. देवनारायण शाह
डा. गणेश गुरुङ
डा. हिरेन्द्रमान प्रधान
डा. कुलदीप गोइत
डा. मनोहर प्रधान
डा. नरेन्द्रबहादुर राणा
डा. निरज पन्त
डा. प्रकाश भट्टराई
डा. रमेशप्रसाद सिंह
डा. रोशन पिया
डा. सतीशकुमार देव
डा. शिवजी पौडेल
डा. सुदिन शाक्य
यी पधाधिकारीहरुसँग आयोगले जाँचबुझ गरिसकेको छ।
डा. गोविन्द केसीको माग अनुसार चिकित्सा शिक्षामा भएको विकृतिको छानविन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग अनुसार सरकारले पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा आयोग गठन गरेको थियो। आयोगको सदस्यमा डा. उपेन्द्र देवकोटा र शिक्षा मन्त्रालयका सहसचिव सूर्य गौतम छन्।