PahiloPost

Jun 24, 2026 | १० असार २०८३

इराक र इरानको सीमामा ७ दशमलव २ रेक्टरको भूकम्प, सयभन्दा बढीको मृत्यु



पहिलोपोस्ट

इराक र इरानको सीमामा ७ दशमलव २ रेक्टरको भूकम्प, सयभन्दा बढीको मृत्यु

एजेन्सीः इराक र इरानको सीमा क्षेत्रमा ७ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ।

भूकम्पमा परी इरानको केरमानसा राज्यमा १२९ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ। भुम्पमा परी सयौँ घाइते भएका छन्। मृतकको संख्या बढ्ने अनुमान गरिएको छ। इराकमा पनि ४ जनाको मृत्यु भइसकेको र मृतकको संख्या बढ्ने अनुमान गरिएको छ।

भूकम्पको केन्द्रविन्दु इराकको हलब्जाबाट दक्षिण पश्चिम ३२ किलोमिटर टाढा रहेको जनाइएको छ । अन्य प्रान्तमा पनि भूकम्पको धक्का महसुस गरिएको छ। केही क्षेत्रमा विद्युत आपूर्ति र सञ्चार सम्वन्ध विच्छेद भएको छ।

कुर्दिश टेलभिजनले इराकको कुर्दिस्तानका धेरै बासिनदा भूकम्पमा कारण घर छाडेर भागेको बताएको छ। उक्त क्षेत्रको क्षतिको विवरण आइसकेको छैन। भूकम्पपछिको पहिरोका कारण उद्दारमा कठिनाइ भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell