PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

राष्ट्रपति भण्डारी आज युएइ जाँदै



पहिलोपोस्ट

राष्ट्रपति भण्डारी आज युएइ जाँदै

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि संयुक्त अरब इमिरेट्स (युएइ)को चार दिने औपचारीक भ्रमणमा जाँदै छन्। नेपाल र युएइबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ४०औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रपति भण्डारी भ्रमणमा जान लागेकी हुन्। सोमबार दिउँसो ३ बजे युएइ प्रस्थान गर्ने कार्यक्रम छ।

युवराज शेख महम्मल बिन जाहेद उल नेह्यानको निमन्त्रणमा राष्ट्रपति भण्डारी युएइ जान लागेकी हुन्। औपचारिक भ्रमण सोमबारदेखि बिहीबारसम्म तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमण टोलीमा आपूर्तिमन्त्री जयन्त चन्द, राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ मदनकुमार भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव भुपेन्द्रप्रसाद पौडेल र राष्ट्रपतिको कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकारीका साथै सञ्चारमाध्यमका प्रतिनिधि रहने छन् ।

अौपचारिक भ्रमण सकेर राष्ट्रपति कात्तिक ३० गते स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्रले मन्त्रालयले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell