PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

सिटौलाले भने–लोकतन्त्र र गणतन्त्र कार्यान्वयनका लागि आफ्नो उम्मेदवारी



पहिलोपोस्ट

सिटौलाले भने–लोकतन्त्र र गणतन्त्र कार्यान्वयनका लागि आफ्नो उम्मेदवारी

झापा:  नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राप्रपासँग भएको चुनावी गठबन्धन आफूलाई ठीक नलागेको बताएका छन्। पटक– पटक पार्टीको बैठकमा यस विषयमा कुरा उठाए पनि सुनुवाइ नभएकाले आफूले झापा क्षेत्र नम्बर ३ बाट चुनाव लडेको बताए। 

लोकतान्त्रिक वा वाम गठबन्धन जे भएपनि २०४६ र ०६२/०६३ को जनआन्दोलन जनताले कहिल्यै नभुल्ने उनले बताए। सिटौलाले भने,‘यस क्षेत्रबाटै सुरु भएको जनआन्दोलनले राजसंस्थाको अन्त्य भएको र अब पनि जनताले राजसंस्था नचाहेको हुँदा लोकतन्त्र र गणतन्त्रको कार्यान्वयनका लागि मेरो उम्मेदवारी हो।’

राप्रपाले अहिलेसम्म गणतन्त्र स्वीकार नगरिरहेको अवस्थामा क्षेत्र नं ३ मा भएको वाम गठबन्धनमा राप्रपा सामेल भएको आफूलाई अचम्म लागेको सिटौलाले टिप्पणी गरे। 

‘सरकारमा रहेर होस् वा अन्यत्र जहाँ भए पनि यस क्षेत्रको विकासका लागि मैले रु साढे तीन अर्बका बहुवर्षीय योजना ल्याएको छु’, नेता सिटौलाले भने,‘२०७० सालको संविधानसभाको निर्वाचनमा जनतालाई दिएको वाचा पूरा गर्दै देशमा नयाँ संविधान ल्याउन आफूले मुख्य भूमिका निर्वाह गरेको यहाँहरुलाई अवगत नै छ, अबको मेरो मुख्य काम विकासमा केन्द्रित हुन्छ।’रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell