PahiloPost

Jun 24, 2026 | १० असार २०८३

अभ्यास खेलमा नेपाली महिला टोली विजयी



पहिलोपोस्ट

अभ्यास खेलमा नेपाली महिला टोली विजयी

काठमाडौं : आइसीसी वुमन्स टी-२० वर्ल्ड कप एसियन कप क्वालिफायरको तयारीका लागि बंगलादेश भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले अभ्यास खेलमा जित हात पारेको छ।

आइतबार भएको पहिलो खेलमा नेपाली महिला टोलीले बंगलादेश क्रिअ शिखा प्रोतिष्ठान (बिकेएसपी)लाई ६ विकेटले पराजित गरेको हो।

नेपालले बिकेएसपीसँग चार खेलको टी-२० सिरिज खेल्नेछ।

पहिले ब्याटिङ गरेको घरेलु टोली बिकेएसपीले १९.५ ओभरमा अलआउट हुँदै ६९ रन मात्र बनाएको थियो। जवाफमा नेपालले ४ विकेट गुमाएर ४ बल अगावै ७२ रन बनाउँदै खेल जितेको हो। नेपालको जितमा ज्यो ती पाण्डेले नटआउट ३४ रन बनाइन्।

नेपाल र बिकेएसपीबीच दोस्रो खेल आज हादैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell