काठमाडौं: जेनी मानन्धरले मिस लिटिल नेवाः २०१७ को उपाधि जितेकी छिन्। भक्तपुरकी १३ वर्षीय मानन्धरले आर्मी अफिसर्स क्लबमा सम्पन्न प्रतियोगितामा ३० जना प्रतिस्पर्धिहरुलाई पछि पार्दै उपाधी जितेकी हुन्।
जेनीले नगद दश हजार तथा आकर्षक क्राउन पाइन्। नेप्लीज फेसन होमले आयोजना गरेको ११ औं संस्करणको मिस लिटिल नेवाः मा ३१ जना बालिका तथा किशोरीहरुले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा भक्तपुरकै रोजा प्रजापतिले फस्र्ट रनर्स अपको उपाधि जित्न सफल भइन् भने लगन, काठमाडौंकी शियोन डंगोलले सेकेण्ड रनर्स अपको उपाधि जितिन्।
नेवार समुदाय ९ देखि १३ वर्ष उमेर समुहका बालिका तथा किशोरीहरुले प्रतिस्पर्धा गरेको उक्त प्रतियोगितामा नेपा डान्स एकेडेमीका कलाकारहरुको आकर्षक नृत्य प्रस्तुती गरे। उक्त प्रतियोगितामा शिजल महर्जनले मिस ट्यालेन्टको उपाधि जित्न सफल भइन्।
प्रतियोगिताका अन्य उपाधितर्फ रिधाना श्रेष्ठले सोसल वेलफेयर एम्बेसडर, आइशा श्रेष्ठले बेस्ट ड्रेस, श्रीजिका श्रेष्ठले मिस डिसिप्लिन, सगुन श्रेष्ठले बेस्ट स्किन, स्नेहा ताम्राकार बेस्ट हेयर, पूर्बा प्रधानले मिस चार्मिङ, शिल्पी बज्रँचार्यले बेस्ट स्माइल, रुनिषा पुजारीले मिस क्युट, ओशिन महर्जनले मिस फोटोजेनिक तथा स्मृति खड्गीले मिस फ्रेण्डशीपको उपाधि जित्न सफल भए। प्रतियोगिताको क्रममा प्रतिस्पर्धिहरुले डिजाइनरद्वय प्रज्वल श्रेष्ठ तथा सरिता महर्जनले तयार पारेका पहिरन प्रदर्शन गरेका थिए।