PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

पूर्वप्रम कीर्तिनिधि विष्टको स्मृतिग्रन्थ प्रकाशन हुने



पहिलोपोस्ट

पूर्वप्रम कीर्तिनिधि विष्टको स्मृतिग्रन्थ प्रकाशन हुने

काठमाडौँ :  नइ प्रकाशनले ‘देशभक्त राजनेताः कीतिनिधि विष्ट’ नामक बृहत् स्मृतिग्रन्थ प्रकाशित गर्ने भएको छ।  

प्रकाशनले विज्ञप्ती जारी गरी  पूर्व प्रधानमन्त्री विष्टको योगदानको इतिहास नेपाली वाङ्मयमा सुरक्षित राख्ने हेतुले ग्रन्थ प्रकाशन गर्न गर्न लागेको जनाएको हो। 

विष्ट नइ प्रकाशनका संरक्षक तथा दातासमेत हुन्। विष्टको गत शनिवार ९१ वर्षको उमेरमा निधन भएको थियो। 

नइ प्रकाशनले विष्टका बुबाआमा चन्द्रनिधि विष्ट÷धनकुमारी विष्टका स्मृतिमा ‘नइ चन्द्रधन पुरस्कार’ र विष्टकै सम्मानमा ‘नइ कीर्तिनिधि पुरस्कार’ नइ प्रकाशनले हरेक वर्ष प्रदान गर्दै आएको छ। यी दुवै पुरस्कारको राशि जनही एक लाख रुपैयाँ रहेको छ। 

विष्टको राजनीतिक निष्ठा, उचाइ र योगदानबारे लेखक, राजनीतिकर्मी, चिन्तक र बुद्धिजीवीसँग लेख उपलब्ध गराउन पनि नइ प्रकाशनले अपिल गरेको छ।रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell