PahiloPost

Jun 24, 2026 | १० असार २०८३

कास्कीमा ३१७ मतदाता शिक्षा स्वयंसेवक परिचालन



पहिलोपोस्ट

कास्कीमा ३१७ मतदाता शिक्षा स्वयंसेवक परिचालन

पोखरा :  क्षेत्रीय निर्वाचन कार्यालय, पोखराले मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदाता शिक्षा स्वयंसेवकलाई खटाएको छ। 

मतदाता शिक्षा तालिम लिएका सामाजिक परिचालक, महिला स्वास्थ्य स्वयंसेविका र बाल विकास केन्द्रका शिक्षिका गरी ३१७ स्वयंसेवक मतदान केन्द्रमा खटिएका छन्। 

स्वयंसेवकहरुले आफू खटिएको मतदान केन्द्रमा पुगी मतदातालाई मतदान गराउने तरिकाबारे सिकाउने क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिए। 

उनीहरुले निर्वाचन आयोगबाट प्राप्त नमूना मतपत्र, पोस्टर र पम्प्लेटजस्ता सामग्री पनि लिएर गएका छन्।रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell