PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

नरेश जोगीको थारु गीत ‘प्यार के इन्ट्री’



पहिलोपोस्ट

नरेश जोगीको थारु गीत ‘प्यार के इन्ट्री’

काठमाडौं: गायक नरेश जोगीको थारु भाषाको गीत 'प्यार के इन्ट्री' सार्वजनिक भएको छ। पछिल्लो समय थारु भाषाका गीतमाथि म्यूजिक भिडियो निर्माण हुने क्रम बढेको छ। यसैविच थारु भाषाका उक्त गीतको पनि भिडियो रिलिज गरियो।

गीतमा स्वर, संगीत र शब्द नरेश जोगीकै रहेको छ। उनलाई गायनमा साथ अन्नु चौधरीले दिएकी छिन्। लोकदोहोरी गीतको भिडियोहरुमा लोकप्रिय रहेकी मोडल करिश्मा ढकाल र थारु मोडल प्रिन्सराजको फिचरिङ भिडियोमा रहेको छ।

रविन थापाले गीतको भिडियो निर्देशन गरेका हुन्। करण शिशिरले खिचेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell