PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

फिलिपिन्ससँग खेल्ने नेपाली टोली घोषणा, जगजित र अनिलको कमब्याक



पहिलोपोस्ट

फिलिपिन्ससँग खेल्ने नेपाली टोली घोषणा, जगजित र अनिलको कमब्याक

काठमाडौं : जगजित श्रेष्ठ र अनिल गुरुङलाई टिममा राख्दै एसियन कप छनोटअन्तर्गत फिलिपिन्स विरुद्ध खेल्ने नेपाली राष्ट्रिय टोली घोषणा भएको छ।  

नेपालले भोली छनोट चरणको पाँचौ खेल घरेलु मैदान फिलिपिन्ससँग खेल्दैछ।

यसअघि ताजिकिस्तान विरुद्धको दुवै खेलमा टिममा नअटाएका अनिल गुरुङ फिलिपिन्स विरुद्धको खेलपछि सन्यास लिने योजनामा छन्। फिलिपिन्स विरुद्ध मैदान उत्रिएमा अनिललले नेपालको लागि ५०औँ खेल पूरा गर्नेछन्।

यस्तै एक वर्षभन्दा बढी अष्ट्रेलियामा फुटबल खेलेका जगजित श्रेष्ठले पनि टोलीमा पुनरागमन गरेका छन्। श्रेष्ठ यसै खेलका लागि भनेर प्रशिक्षण गर्न नेपाल आएका थिए।

सोमबार मुख्य प्रशिक्षक योतुकु कोजीले घोषणा गरेको टोलीमा गोलरक्षक विशाल श्रेष्ठले पनि स्थान बनाएका छन्। उनी नेपालले ताजिकिस्तान भ्रमण गर्दा टोलीमा समावेश थिएनन्। यस्तै मिडफिल्डमा खेल्दै आएका रोहित चन्दलाई डिफेन्समा राखिएको छ।

ताजिकिस्तान भ्रमण गएका गोलरक्षक एलान न्यौपाने तथा डिफेन्टरद्वय देवेन्द्र तामाङ र आदित्य चौधरी भने टिममा अटाएनन्।

२३ सदस्यी टोलीमा ३ गोलरक्षक, ७ डिफेन्डर, ८ मिडफिल्डर र ५ फरवार्ड छन्।

नेपाली टोली

गोलरक्षक : किरण कुमार लिम्बु, विकेश कुथु, विशाल श्रेष्ठ

डिफेन्डर : विराज महर्जन, रोहित चन्द, अनन्त तामाङ, कमल श्रेष्ठ, जितेन्द्र कार्की, राजेन्द्र रावल, दीनेश राजवंशी

मिडफिल्डर : सुजल श्रेष्ठ, विशाल राई, विक्रम लामा, अन्जन विष्ट, जगजित श्रेष्ठ, हेमन गुरुङ, हेमन्त थापा मगर, सुनिल बाल

फरवार्ड : अनिल गुरुङ, विमल घर्ती मगर, भरत खवास, नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell