PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

रोकिएन एटिएम ठगीः थप एक बुल्गेरियन नागरिक पक्राउ



पहिलोपोस्ट

रोकिएन एटिएम ठगीः थप एक बुल्गेरियन नागरिक पक्राउ
फाइल फोटो

काठमाडौं : अरुको एटिएम कार्ड दुरुपयोग गरि पैसा झिक्ने तथा डाटा चोरी गर्ने एक बुल्गेरियन नागरिकलाइै प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले बुल्गेरियन नागरिक विटिली वासिलीवीक नेकीटलाई ठमेलको नरसिंहचोकस्थित होटल डिस्कभरीको कोठा नम्बर ३०४ बाट पक्राउ गरेको हो। 

प्रहरीले उनको साथबाट ग्लोवल आइएमर्इ बैंक, सानिमा बैंक तथा नविल बैंकको एटिएम मेसिनबाट रकम निकालेको स्लीप, विभिन्न बैंकका १८ थान एटिएम कार्ड तथा विभिन्न ‌औजार वरामद गरिएको ब्यूरोका एसपी जीवन श्रेष्ठले जानकारी दिए।

प्रकाउ परेका विटिलीले न्यूरोड, ठमेल, दरवारमार्ग,  सोह्रखुट्टेलगायतका स्थानबाट रकम तथा डाटा चोरी गरेको अनुसन्धानबाट खुलेको छ। 

अभियुक्तलाई  बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान भइरहेको श्रेष्ठले बताए। अहिलेसम्म ब्यूरोले एटिएम ठगीको अभियोगमा १८ जना विदेशी नागरिकलार्इ पक्राउ गरिसकेको छ।

पक्राउ पर्नेमा  ४ जना रोमानियाली, ४ टर्कीस, ४ बुल्गेरियन, ४ मोल्दोभियन र २ भारतीय छन्। उनीहरुबाट हालसम्म नेपाली ८८ लाख ६८ हजार ८५० रुपैयाँ ,  अमेरिकी डलर ७३ हजार ५ सय ८०,  युरो ६४ हजार १ सय ७५ र विभिन्न बैकका एटिएम कार्ड १ हजार ३२६ थान बरामद भएको छ।

विदेशी नागरिक नेपालको कमजोर कानुन र प्रविधिको फाइदा उठाउँदै ठगीकै लागि नेपाल आउने गरेको खुलेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell