PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

गच्छदारले भनेः ढुक्क हुनुस् कुनै पनि शक्तिले कांग्रेसलाई हराउन सक्दैन



पहिलोपोस्ट

गच्छदारले भनेः ढुक्क हुनुस् कुनै पनि शक्तिले कांग्रेसलाई हराउन सक्दैन

इटहरी : उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले नेपालको राजनीतिक इतिहास र विकास निर्माण अभियानमा नेपाली कांग्रेसले जिम्मेवारीपूर्वक कार्य गर्दै आएको कुरा सबै नेपाली जनताका माझमा छर्लङ्ग रहेकाले कुनै पनि शक्तिले कांग्रेसलाई हराउन नसक्ने ठोकुवा गरेका छन्। 

सुनसरीको इटहरीमा कांग्रेसले स्थापना गरेको मिडिया सेन्टरको आज उद्घाटन गर्दै उपप्रधानमन्त्री गच्छदारले वाम गठबन्धन अर्थात् कम्युनिष्टको अस्वस्थ मिलनको गठबन्धनले लोकतन्त्र र नेपाली जनताको भाग्य र भविष्यका लागि बारम्बार आहुति दिँदै आएको कांग्रेसलाई हानी नपुग्ने बताए। 

गच्छदारले देशलाई समृद्ध बनाउन कांग्रेसले अवलम्बन गरेको स्वतन्त्र आर्थिक नीति र विकासप्रति इमान्दार भएर नेपाली जनतालाई सक्षम तुल्याउन गरेको प्रयत्न नै कांग्रेसले जित्ने एकमात्र मूल कारण रहेको पनि स्पष्ट पारे। 

उपप्रधानमन्त्री गच्छदारले महामानव बिपी कोइरालाले कल्पना गर्नु भएको प्रजातान्त्रिक समाजवादलाई व्यवहारमा उतार्न धेरै प्रयत्न गरेको र त्यसको उदाहरणस्वरुप विकास योजना गरिबको विकासलाई लक्षित गरेर ल्याएको कुरा भुल्न नहुने बताए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell