PahiloPost

Jun 24, 2026 | १० असार २०८३

ईश्वर पोखरेलले भने,‘म कहीं कतैबाट पोखिएर उम्मेदवार भएको होइन, जित सुनिश्चित छ’ 



पहिलोपोस्ट

ईश्वर पोखरेलले भने,‘म कहीं कतैबाट पोखिएर उम्मेदवार भएको होइन, जित सुनिश्चित छ’ 

काठमाडौँ :  नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अहिलेको संविधान लेख्ने र जारी गर्ने विषयमा अगुवाई गर्ने कम्युनिष्ट नै भएको दाबी गरेका छन्। 

पार्टीको काठमाडौँ महानगरपालिका–४ वडा कमिटीले आयोजना गरेको चुनावी कार्यक्रममा महासचिव पोखरेलले कांग्रेसलगायत केही पक्षले संविधान जारी गर्नका लागि खुट्टा कमाएको अवस्थामा कम्युनिष्टकै बलले संविधान जारी भएको बताए। 

पोखरेलले मुलुकमा भएका विभिन्न राजनीतिक परिवर्तन र जनतालाई अधिकारसम्पन्न बनाउने विषयमा कम्युनिष्टको महत्वपूर्ण भूमिका रहेको बताए। 

विगतमा कहिले जित र कहिले हारभएको भएपनि यसपटक आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै पोखरेलले भने, ‘म कहीँ कतैबाट पोखिएर उम्मेदवार बनेको होइन। यस क्षेत्रमा सामाजिक सम्बन्ध स्थापित गरेको छु। यो पटक जित सुनिश्चत छ।’रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell