PahiloPost

Jun 24, 2026 | १० असार २०८३

राष्ट्रपति भण्डारी युएई प्रस्थान



पहिलोपोस्ट

राष्ट्रपति भण्डारी युएई प्रस्थान

काठमाडौँ :  राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्सको औपचारिक भ्रमणका लागि आज अबुधावी प्रस्थान गरेकी छन्। 

राष्ट्रपति भण्डारी युएईको अबुधावीका युवराज तथा त्यहाँका सशस्त्र बलका नायब सर्वोच्च कमाण्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको निमन्त्रणामा आज अपरान्ह त्यसतर्फ प्रस्थान गरेकी हुन्।

राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा तथा विशिष्ट अधिकारीहरुले बिदाइ गरे। 

नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिको सम्मानमा २१ तोपको सलामी दिएको थियो। नेपाल तथा युएईले सन् १९७७ को जनवरी २२ मा कूटनीतिक सम्बन्ध स्थापना गरेका थिए। 

कात्तिक २८ गते राष्ट्रपति भण्डारी र युवराज नेह्यानबीच औपचारिक वार्ता हुने कार्यक्रम छ। राष्ट्रपति भण्डारी कात्तिक ३० गते स्वदेश फर्कनेछिन्।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell