PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

इरानमा भूकम्पबाट मृत्यु हुनेको संख्या २०७ पुग्यो, एक हजार सात सय घाइते



पहिलोपोस्ट

इरानमा भूकम्पबाट मृत्यु हुनेको संख्या २०७ पुग्यो, एक हजार सात सय घाइते
फोटो श्रोतः AFP

तेहरान :  इराक र इरानको सीमा क्षेत्रमा आइतबार राति गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २०७ पुगेको छ। मृत्यु हुनेमा अधिकांश इरानी छन्। 

भूकम्पमा परी इराकका पनि केहीको ज्यान गएको बताइएको छ। भूकम्प ७।३ म्याग्निच्युड मापन गरिएको अधिकारीहरुले जनाएका छन्। 

भूकम्पको केन्द्रबिन्दु कुर्द नजिकैको सहर हलब्जामा रहेको छ। शक्तिशाली भूकम्पले इरानको पश्चिमी क्षेत्रमा थुप्रै नागरिक घाइते भएका छन्। अधिकारीहरुले घाइतेको सङ्ख्या एक हजार ७०० भन्दा बढी नै रहेको जनाएका छन्। रासस/सिन्ह्वा

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell