
काठमाडौं: फिल्म ‘ह्याप्पी डेज’को वर्ल्ड प्रिमियर सम्पन्न भएको छ। एल्डरसटस्थित प्रिन्सेस हलमा फिल्म पहिलोपटक प्रदर्शन भयो।
प्रिमियरमा फिल्म निर्देशक मिलन चाम्ससँगै अभिनेत्री प्रियङ्का कार्की र अभिनेता प्रदिप खड्काको पनि उपस्थिति रहेको थियो। मिलन चाम्सको नयाँ प्रोजेक्ट ‘लिलिबिली’ छायांकनका लागि बेलायतमै रहेका प्रदिप खड्का पनि प्रिमियर अघि रेड कार्पेट समारोहमा सहभागी भएका हुन्। फिल्म नेपालमा भने आउँदो माघ १२ गते मात्र प्रदर्शनमा आउँदै छ।
युके आइडी होल्डर केटीको प्रेममा दुई नेपाली युवा पर्छन्। पढ्दै पैसा कमाउने उद्देश्यले विदेशिएकाहरु प्रेम परेपछि सिर्जना हुने अवस्था नै फिल्मको विषय हो। चाम्स इनुटरटेनमेन्टको प्रस्तुती रहेको फिल्ममा सञ्जय गुप्ता, दयाहाङ राई, प्रियङ्का कार्की, रुपा पुन, शिशिर राणा, जेन बकल, बिक्की जोशी लगायतको अभिनय रहेको छ। बिपी खनाल, भवानी शर्मा, हिराल जोशी र अशिक बंशालले संयुक्त रुपमा फिल्म निर्माण गरेका हुन्।