PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

एसियाली सम्मेलनमा भाग लिन मनिला पुगेका राष्ट्रपति ट्रम्पविरुद्ध प्रदर्शन 



पहिलोपोस्ट

एसियाली सम्मेलनमा भाग लिन मनिला पुगेका राष्ट्रपति ट्रम्पविरुद्ध प्रदर्शन 
फोटो श्रोतः AFP

मनिला :  एसियाका पाँच देशको १२ दिने भ्रमणको अन्तिम पाइलाका रुपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार फिलिपिन्स पुगेका छन्। 

उनी सोमबार बिहान मनिला पुग्दा फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले स्वागत गरेका थिए। राष्ट्रपति डुटेर्ते फिलिपिन्समा लागूऔषधको अवैध ओसारपसारसम्बन्धी कानुनमा विवादमा परेका छन्। 

उनले यस्ता काममा संलग्नलाई प्रहरीले सिधै गोली हान्नेसम्मको अधिकार प्रहरीलाई दिने कानुन ल्याएपछि अधिकारवादीहरुले यसलाई अधिनायकवादी कानुन भनी विरोध गरिरहेका छन्। 

राष्ट्रपति ट्रम्प र एसियाका १८ देशका नेताहरु मनिलामा दुई दिनसम्म सञ्चालन हुने एसियाली सम्मेलनमा सहभागी हुनेछन्। सम्मेलनमा सहभागिताका लागि अन्य देशका नेताहरु पनि त्यहाँ पुगेका छन्। 

कतिपय अधिकारवादीहरु राष्ट्रपति ट्रम्पले डुटेर्तेको सो कडा कानुनको विरोध गरिदिउन् भन्ने चाहन्छन्। यसैबीच,  राजधानी मनिलामा कडा सुरक्षाकाबीच पनि राष्ट्रपति ट्रम्पका विरुद्धमा प्रदर्शन भएको छ। प्रदर्शनकारीहरुले राष्ट्रपति ट्रम्पका विरुद्धमा नाराबाजी गरेका थिए। 

दर्जनौँ प्रदर्शनकारीलाई फिलिपिन्स प्रहरीले पक्राउ गरेको छ। प्रदर्शनले आजै मनिला आइपुग्ने कतिपय देशका नेताहरुलाई पनि प्रभाव परेको बताइएको छ। रासस/एएफपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell