PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

योजना आयोगले बुझायो बाढीको क्षतिको प्रतिवेदनः  पुनःउत्थानका लागि ७३ अर्ब लाग्ने



पहिलोपोस्ट

योजना आयोगले बुझायो बाढीको क्षतिको प्रतिवेदनः  पुनःउत्थानका लागि ७३ अर्ब लाग्ने

काठमाडौँ : गत साउनमा आएको बाढीले ६० अर्ब ७१ करोड ६६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक प्रतिवेदनले जनाएको छ। 

राष्ट्रिय योजना आयोगले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको बाढीपछिको पुनःउत्थानसम्बन्धी आवश्यकता आँकलन प्रतिवेदनले आवास, स्वास्थ्य, शिक्षाजस्ता सामाजिक क्षेत्र, कृषि, पशुपालन र सिँचाइजस्ता उत्पादनमूलक क्षेत्रमा असर पारेको जनाएको छ। 

प्रभावित क्षेत्रको पुनःउत्थानका लागि करिब ७३ अर्ब २४ करोड ४८ लाख लाग्ने प्रारम्भिक अनुमान गरिएको योजना आयोगका उपाध्यक्ष डा स्वर्णीम वाग्लेले जानकारी दिए। 

उनले आगामी तीन वर्षमा तत्काल, मध्यकाल र दीर्घकालका लागि पुनःस्थापना रणनीति अवलम्बन गरिने बताए। जोखिमलाई सम्बोधन गर्न आवश्यक रुपरेखाको प्रस्तावसहित प्रतिवेदन आफूले प्रधानमन्त्रीलाई बुझाएको उल्लेख गर्दै वाग्लेले त्यसलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा रहेको बाढीपीडितको पुनःस्थापनार्थ विशेष एकाइमार्फत गरिने बताए। 

प्रतिवेदनमा साउन २७ देखि ३० गतेसम्म गएको बाढीलाई मात्र लिइएको छ। बाढीबाट देशभरका ३५ जिल्ला प्रभावित र १८ जिल्ला अत्याधिक प्रभावित भएका थिए।

प्रतिवेदन योजना आयोगले गृह मन्त्रालयले विपत्ति प्रभावित भनेर तोकेका १८ भन्दाबढी जिल्ला तथा नौ क्षेत्रका कार्यालयले तयार गरेको तथ्यांकमा आधारित थियो। 

वाग्लेका अनुसार बाढीले मुकुको समग्र अर्थतन्त्रमा भन्दा पनि सम्बन्धित जिल्लामा मात्र असर पार्ने देखिएको बताउँदै बाढीबाट प्रभावितको पुनःउत्थान नेपाल सरकारले नै गर्ने स्पष्ट पारे।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell