PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

चुनावलाई ठगहरुको मेस बनाउनु हुँदैन : बिजुक्छे



पहिलोपोस्ट

चुनावलाई ठगहरुको मेस बनाउनु हुँदैन : बिजुक्छे

भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आगामी प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई ठगहरुको मेस बनाउन नहुने बताएको छ।

आज रफत सञ्चार क्लबले आयोजना गरेको नेमकिपाका उम्मेदवारको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेमकिपाको नाम प्रयोग गरेर ठगहरु सक्रिय भएको आरोप लगाए।

भक्तपुरमा नेमकिपाले कांग्रेसका उम्मेदवारलाई सहयोग गर्छ भनेर कांग्रेसले हल्ला चलाएर राजनीतिक ठगी गर्न खोजेको टिप्पणी गर्दै बिजुक्छेले भने- “भक्तपुरमा कांग्रेस उम्मेदवारलाई र अन्य जिल्लामा वाम गठबन्धनको नाममा एमालेलाई नेमकिपाले समर्थन गर्छ भनेर चलाएको हल्ला गलत हो।”

नेमकिपाले सशक्त रुपमा आफ्नै उम्मेदवार उठाएपछि आत्तिएर यस्तो हल्ला चलाएको बताउँदै बिजुक्छेले त्यस्तो हल्लाका पछि नलाग्न मतदातालाई आग्रह गरे।

बिजुक्छेले गैरलोकतन्त्रवादी मिलेर लोकतान्त्रिक गठबन्धन र गैरवामपन्थी मिलेर वामपन्थी गठबन्धन बनाएको आरोप लगाउँदै नेमकिपाले देश र जनताको अधिकार सुरक्षित गर्न उम्मेदवारी दिएको बताएका थिए।

कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव एवं भक्तपुर क्षेत्र नं १ का प्रतिनिधि सभाका उम्मेदवार प्रेम सुवालले भारतीय विस्तारवाद, साम्राज्यवाद, एकाधिकार पूँजीवादविरुद्ध नेमकिपाको उम्मेदवार भएको बताए।

कार्यक्रममा भक्तपुर क्षेत्र नं २ का प्रतिनिधि सभा उम्मेदवार अनुराधा थापामगरले सरकारले राज्यको ढुकुटीको दुरुपयोग गरेर चुनावको मुखमा गरिबको नाममा रकम बाँडेर आचारसंहिता उल्लंघन गरेको बताएका थिए।

त्यस अवसरमा नेमकिपाका भक्तपुर क्षेत्र नं १ प्रदेश नं १ का उम्मेदवार निरज लवजू, २ का उम्मेदवार सुरेन्द्रराज गोसाई, क्षेत्र नं २ प्रदेश सभा १ का उम्मेदवार सरोजराज गोसाई र २ का उम्मेदवार प्रेमजन थापाले ठूला दलले ठूला घोषणापत्र बनाएर जनता झुक्याउँदै आएको बताउँदै त्यसको पछि नलाग्न आग्रह गरेका थिए। रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell